पोखरिया । पर्साको पकाहामैनपुर गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ का लागि ४० करोड ९२ लाख १६ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
शुक्रबार भएको पकहामैनपुर गाउँपालिका को सातौ गाउँ सभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले चालुतर्फ २० करोड २ लाख र पुँजीगततर्फ २० करोड ९० लाख १६ हजार बजेट विनियोजन गरिएको हो । पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य कृषिलाई राखेर बजेट विनियोजन गरिएको हो । गाउँपालिकामा प्राबिधिक शिक्षा सिभिल ईन्जिनियरिंग कक्षा संचालन गरि प्राबिधिक उतपादन गरिने गापा अध्यक्ष बिजय चौरसियाले जनाए । शिक्षामा भौतिक पूर्वाधार निर्माण, कक्षा वृद्धि, उच्च शिक्षा अध्यापन गराउने बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चौरसियाले जनाए । स्वास्थ्य तर्फ नि,शुल्क औषधी,कोरोना प्याकेज,वडाहरुमा एम्बुलेन्स को ब्यवस्थापन, निःशुल्क एक्सरे ,ल्याब प्रयोगशाल संचालन मा ल्याउने बजेटमा सिँचाइका लागि विद्युत पोल जडान गर्ने, सौर्य उर्जा कृषि सिँचाइका लागि ब्यवस्थापन गरिने र साथै भौतिक निर्माण लगायत महिला उत्थान सशक्तीकरणमा महिलालाई प्राथमिकतामा राखिएको गापा अध्यक्ष चौरसियाले जनाए । सातौ गाउँ सभा पकहामैनपुर गाउँपालिकामा गापा अध्यक्ष बिजय चौर सियाको अध्यक्षतामा सम्पन्न भएको थियो । गाउँ सभामा गापा उपाध्यक्ष कुशमी देबी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, वडाध्यक्ष अमिका सहनी, मदन साह, बृजमोहन तिवारी, ढेरी प्रसाद यादव, लेखमन पटेल, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य ,कर्मचारी ,पत्रकार, सुरक्षाकर्मी , लगायत को सहभागिता रहेको थियो ।
गाउँ सभा मा निमित प्रमुख प्रसाशकिय अधिकृत महेश प्रसाद सिंह ले सेवा बाट आवकास हुनु भएका लाई दोसाला र फुलमाला अबिर लगाई बिदाई समेत गरेको थियो ।


