२०७८ असार ५, शनिबार १५:४०

पछिल्लो २४ घण्टामा धनुषामा शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार शुक्रवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ६९७ रहेकोमा शनिवार १८ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ६१९ रहेको छ भने आज धनुषामा निको हुनेमा ९५ जना रहेको तथ्यांकले देखाएको छ । शनिवार १०५ जना ले पिसिआर परिक्षण गराएकोमा १८ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको औरही गाउपालिका वार्ड नं १ वस्ने ७३ वर्षिय पुरुष रहेको र उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

धनुषामा संक्रमीत मध्ये ५७२ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या २४ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २३ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०४ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News