२०७८ असार ५, शनिबार १९:१२

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।

असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् ।

‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’

Comment

Related News

Latest News

Trending News