अपडेट 
२०७८ असार ७, सोमबार ०७:३१

नेपाल सरकारका मन्त्री र जनता समाजबादी पार्टीका १ वष्टि नेताले नेपाल एउटा बहुल राष्ट्र राज भएको टिप्पणी गरे पछि देशको राष्ट्रिय राजनिति अचानक तातिएको छ र यस बिषमा बहसहरु भइरहेका छन राष्ट्र सर्वोपरि निष्ठा हो । जनताको सामूहिक अनुभूति हो । यस अनुभूतिको मूलाधार मातृभूमि र आपसी प्रेम, सद्भाव, सहिष्णुता र परस्पर सहयोगको भावना एवं धर्म तथा संस्कृति हो । यस सहज अनुभूतिको अभिव्यक्ति नै राष्ट्रवाद हो । राष्ट्रियता एक संवेदनशील निजी र सामूहिक भावना हो । जसले निश्चित भूभागमा रहेका विभिन्न समुदायको देशप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्दछ । राष्ट्रवाद र राष्ट्रियता भएकोले हाम्रो जस्तो विविधताले भरिएको देशमा राष्ट्रवादको परिभाषा पनि सोहीअनुरूपको हुनु आवश्यक छ । अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकाङ्क्षाका लागि सर्वनिष्ठ सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविको बारेमा सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्रवाद हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको परिचायक हो । राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु आवश्यक छ । राज्य बलियो भएमा राष्ट्र पनि बलियो हुन्छ भन्ने तर्क अब अप्रसाड्डिक भएको छ ।

एक्काइसौं शताब्दीमा मात्रै होइन, त्यसभन्दा निकै अघिदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ । स्व. बिपी कोइरालाले भनेका थिए, “राष्ट्र भनेको कुनै भूगोलको ढुड्डा, माटो, खोलानाला र सा“ध– सिमाना मात्रै होइन, त्यहा“ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव पनि हो । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको परिभाषा राजनीतिक विज्ञानसम्मत नहुन्जेलसम्म यसको मनोगत विश्लेषण तथा राजनीतिक दलहरूले आप्mनो पार्टी कार्यालयबाट राष्ट्रवादी र राष्ट्रघातीको प्रमाणपत्र बा“ड्ने काम भइ नै रहनेछ । राष्ट्रवाद र राष्ट्रभक्तिमा भिन्नता छ । भक्ति आस्तिक भावना हो । राष्ट्रभक्ति आस्तिक भावना हो । जबकि ‘वाद’ वैचारिक निष्ठा हो । राष्ट्र सर्वोपरिताको निष्ठा नै राष्ट्रभक्ति हो ।” डा राममनोहर लोहियाले सगुण–निर्गुणको विश्लेषण गरेका थिए । आप्mनो देशलाई आमाको रूपमा हेर्नु सगुण हो, जबकि आप् mनो देशलाई निराकार अनुभूति गर्नु निर्गुण हो । दुवैको केन्द्र निष्ठा हो । सकारात्मक राष्ट्रियता सहयोग र समझदारीमा आधारित हुने भएकाले यसमा अतिरञ्जना कम हुने गर्दछ । यसमा आपसी विश्वासको सम्भावना बढी रहन्छ । सकारात्मक राष्ट्रियताको प्रवद्र्धनका लागि राष्ट्र बलियो हुने आधार खोजिनु आवश्यक छ । त्यो भनेको देशको चौतर्फी विकास हो, जुन समावेशी हुन्छ । यसमा आर्थिक पूर्वाधारका सबै पक्ष मानवीय विकास जस अन्तर्गत गुणात्मक शिक्षामा सबै वर्ग र जातिको समान पहु“च, आधारभूत आवश्यकता, गा“स, बास, कपास, स्वास्थ्य, शिक्ष्ाँ, सुरक्ष्ाँ समाहित हुन्छ । यस्ता आवश्यकताको न्यायपूर्ण वितरण र उपभोगका लागि राज्यका विभिन्न संरचनामा त्यही अनुसारको समानुपातिक प्रतिनिधित्व गराइनुपर्दछ ।

यदि जनता नै राष्ट्र हो भने लोकतन्त्रको सन्दर्भ पनि जनतासितै जोडिनुपर्दछ । नकारात्मक राष्ट्रियताले अरूप्रति घृणा र द्वेषको भावना जगाउ“दा सधैं लघुताभाषले ग्रसित भएको पाइन्छ । हामीले हाम्रा छिमेकीप्रति व्यक्त विचार, पूर्वाग्रह र अतिरञ्जना यसका लक्षण हुन् । नकारात्मक राष्ट्रियताले अरूको सबै कुरामा अनिष्ट मात्रै हेर्ने मानसिकता विकसित गर्दछ र अन्ततः आप् mनै हानि हुने गर्दछ । राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । यस्तो भावना धर्म, भाषा, भौगोलिक एवं सांस्कृतिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महŒव ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकासस“गै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको बलियो आधार मान्ने अवधारणा निकै अघि नै विकसित भइसकेको हो । विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न सकिएमा मात्रै राष्ट्रनिर्माण कार्यले मूर्त रूप लिन सक्दछ । नेपालको संविधान, २०७२ मा जसरी राष्ट्रको परिभाषा गरिएको छ, त्यही अनुसार नै यदि राज्यको निर्माण हुन्छ भने नेपाली राष्ट्रियता पनि बलियो र विश्वकै निम्ति उदाहरणीय बन्ने निश्चित छ । अहिलेसम्म हामीले राष्ट्रवादलाई व्यक्तिगत, समूहगत वा दलगत लाभको आधारमा प्रयोग गरेका छौं तर यसलाई बलियो बनाउने काम गरेनौं । माओवादीहरूको एक दशकको सशस्त्र सङ्घर्षले राष्ट्रवादको परिभाषामा केही परिवर्तन ल्याएको छ । र, साबित गर्ने प्रयास गरेको छ कि नेपालमा जातीय राष्ट्रवाद अर्थात् सामुदायिक राष्ट्रवादको निम्ति नेपाली जनता सङ्घर्ष गर्न तयार छ ।

जातीय राष्ट्रवाद आप्mनो पहिचान भाषा, संस्कृति, भौगोलिक एवं ऐतिहासिक विशिष्टतामा तथा समान मनोविज्ञानका कारण राष्ट्र तथा परम्परा एवं परि स्थितिजन्य भावनात्मकरूपबाट बा“धिएको हुन्छ । माक्र्स र एन्जेलले कामदारहरूको कुनै देश ह“ुदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौं, जुन कुरा उनीहरूले प्राप्त नै गरेका छैनन्, भनेका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल गरेका थिए । लेनिनले पनि यसैसित मिल्दोजुल्दोरूपमा राष्ट्रको परिभाषा गरेका छन् । नेपालमा पञ्चायती शासनदेखि लिएर आजसम्म व्यक्तिगत, समूहगत वा दलगत लाभका आधारमा राष्ट्रवादको नारालाई परिभाषित गर्ने काम ह“ुदै आएको छ । सनातन धर्ममा विश्वास राख्नेहरूको ‘राष्ट्रवाद’ व्यापक, सहिष्णु र उदार भएको पाइन्छ । हाम्रा धर्मशास्त्रहरूमा वर्णित गाथा यसका उदाहरण हुन् । सनातन धर्ममा विश्वास राख्नेहरूको राष्ट्रवाद र युरोपेली राष्ट्रवादमा फरक रहेको पाइन्छ । युरोपका देशहरू आधुनिककालमा ‘नेशन’ कहलिन थाले । भारतवर्षमा मध्यमकालभन्दा पनि निकै अघि इशापूर्व २९८–३२१ चन्द्रगुप्त मौर्यको समयमा एउटा विशाल केन्द्रीय सत्तामा राष्ट्रको चर्चा छ । सम्राट अशोकको शासनकालमा राष्ट्र अझ विस्तृत हुन गयो । युरोपेली राष्ट्रवादको उदय नवौं–दशौं शताब्दीमा भएको थियो । इड्डल्यान्ड एकीकरणको प्रक्रिया किड्ड एडवर्डले (८०२–८३९) देखि किड्ड अल्पे्रmड (८७१– ९१६)सम्म जारी रह्यो । फ्रान्स र जर्मनीमा पनि यही अवस्था थियो । युरोपेली राष्ट्रवादको विकास सत्ताधारी दलहरूले गरेका थिए । मध्यकालमा इटलीका जनताले तत्कालीन समयलाई ‘ला रिना स्विता’ (पुनर्जागरण) भन्यो । अठा¥हौं शताब्दीमा फ्रान्सका विद्वान्हरूले यसलाई ‘रिनेसो’ भनेका थिए ।

भारतका माक्र्सवादी विचारका डा रामविलास शर्माले यसलाई वास्तवमा यो इटली, फ्रान्स र इड्डल्यान्डको निम्ति ‘जाति निर्माण’ र ‘जातीय निर्माण’को युगको संज्ञा दिएका थिए । युरोपेली देशमा सत्ताधारी दलहरूले विस्तारवादको नीति अवलम्बन गरे । जर्मनीका शासक हिटलरले राष्ट्रवादकै नाममा व्यापक हिंसा गरे । युरोपका प्रायः सबैजसो शासकहरूले हिंसाकै सहारा लिए । फ्रान्स रोमन साम्राज्यवादबाट पीडित थियो । भाषा र सभ्यताको आधारमा एउटा सम्झौता भयो । त्यतिबेलादेखि नै फ्रान्स राष्ट्र भयो । युरोपमा राष्ट्रवादको निम्ति युद्ध भयो तर यस्तो हिंसा भारतवर्षमा भएको पाइ“दैन । महात्मा गा“धीले आप्mनो पुस्तक ‘हिन्द स्वराज’ मा टिप्पणी गरेका छन् कि ‘जतिबेला अङ् ग्रेज भारतमा आएका थिएनन्, त्यतिबेला पनि भारत एउटा राष्ट्र नै थियो । हाम्रा विचार एक थिए । त्यही भएर अङ्ग्रेजहरूले राज्य कायम गरे । माक्र्सवादी विद्वान् डी.डी.कौशाम्बीले मोहम्मद बिन कासिम भारतमा आउनुभन्दा पूर्व नै भारत एउटा राष्ट्र थियो, होइन भने भारतको इतिहासमा पनि विजेताहरूकै गाथा र शासन सत्ताको वर्णन गरिएको हुने थियो । प्राचीन भारतको संस्कृति र सभ्यतामा विविधता पनि थियो तर राष्ट्रप्रेम पनि गज्जबको थियो । भारतीय राष्ट्रवादको इतिहासमा बल प्रयोग नभएको उनले उल्लेख गरेका हुन् । कौशाम्बीले यस तथ्यको बारेमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै लेखेका छन्– ‘चीनको उन्नति त्यतिबेला मात्रै भयो, जब पूरा देशमा हान जातिको प्रभुत्व स्थापित भयो । एक समृद्ध साम्राज्यको बिजारोपण भयो । स्पेनिश विजयपश्चात् मात्रै ईंकार अर्जंटेकोहरूको लोप भयो । मेक्सिको, पेरू र ल्याटिन अमेरिकीहरूको संस्कृति सर्वसाधारण युरोपेली हो ।

तिनीहरूको विशुद्ध आप् mनो होइन । भूमध्य सागर क्ष्ँेत्रमा विजय हासिल गरेपछि मात्रै रोमनहरूले विश्व संस्कृतिमाथि आप्mनो छाप छोडेका हुन् । युरोपेली राष्ट्रवादको इतिहास अवश्य नै आक्रामकताले भरिएको छ । सम्भवतः यसैबाट रिसाएर प्रख्यात विद्वान् सैमुअल जोनसनले राष्ट्रवाद तथा राष्ट्रभक्तिलाई अपराधी तथा मूर्खहरूको अन्तिम शरणस्थलीको संज्ञा दिएका थिए । विश्वकै प्राचीनतम ग्रन्थ वेदमा इन्द्रले वरुणलाई भनेका छन्, यो विशाल इन्द्रलोक रूपी राष्ट्रले सबैलाई प्रसन्नता दिने गर्दछ ‘वृहत् राष्ट्र द्यौ इन्वति ।’ वरुण राष्ट्रका राजा हुन् । इन्द्रले वरुणलाई भनेका छन्, तिमीले मेरो राष्ट्रको अधिपत्य स्वीकार गर्नुपर्दछ । एउटा स्तुति नै छ– ‘राष्ट्रं ध्रुवं धारयतां ।’ इन्द्र र अग्नि देवताले राष्ट्र स्थिरता धारण गरून् । यहा“ इन्द्र, वरुण आदि देव नाम हुन् । तर ‘राष्ट्र’ प्राचीनताको धारणा सत्य हो । लोककल्याणको भावना लिएर ऋषिमुनिहरूले तपस्या गरे । त्यसबाट राष्ट्रको जन्म भयो । यस राष्ट्रवादले सम्पूर्ण विश्वलाई नै एउटा परिवार ठान्दछ । सनातन धर्मको मान्यता अनुसार पृथ्वीदेखि लिएर अन्तरिक्षसम्म शान्तिको चाहना र कामना नै राष्ट्रवाद हो । सनातन धर्मका अनुयायीहरूले कहिल्यै आप्mनो राज्य क्ष्ँेत्रको अथवा धर्म संस्कृतिको विस्तारको निम्ति हत्या, हिंसा तथा आक्रामकताको सहारा लिएनन् । हिन्दू, धर्म–संस्कृतिमा सड्ढीर्णता छैन । यसमा उदारता र व्यापकता छ । शायद त्यही भएर होला भारतमा सैकडौं वर्षसम्म मुगल र अङ् ग्रेजहरूको शासनका बावजूद हिन्दू धर्म–संस्कृति आज पनि विश्वव्यापी चर्चा र आकर्षणको केन्द्र बनेको छ । राष्ट्रवादको नारा दिने नेता अथवा शासकहरूले सधैं यसको निम्ति आप्mनो शत्रु राष्ट्र अथवा विरोधीको पहिचान पनि गरेका हुन्छन् । किनभने कुनै विरोधी नै नभई यो नारा फलीभूत हुनै सक्दैन ।

नेपालले विगतमा तिब्बतसित पनि युद्ध लड्नुपरेको थियो भने भारतका मुसलमान र अङ्ग्रेज शासकहरूसित युद्ध लड्नुपरेको थियो । अहिले तिब्बत चीनको भूभागको अधीनमा आएको पनि झन्डै सात दशक भइसकेको छ भने भारतबाट अङ्ग्रेज शासनको अन्त्य भएको पनि सात दशक नाघिसकेको छ । हाम्रा दुवै छिमेकी राष्ट्रहरू भारत र चीनसित सुमधुर सम्बन्ध छ तथा दैनिकरूपमा अर्बौंको आयात–निर्यात व्यापार भइरहेको छ । व्यापारिक मात्रै होइन आर्थिक, राजनीतिक एवं सामाजिक–सांस्कृतिक सम्बन्ध पनि घनिष्ठ नै छ ।

Comment


Related News

Latest News

Trending News