अपडेट 
२०७८ असार ७, सोमबार १६:०५

पछिल्लो २४ घण्टामा धनुषामा सोमवार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ५४९ रहेकोमा सोमवार ७ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ४४३ रहेको छ भने आज धनुषामा निको हुनेमा ११३ जना रहेको तथ्यांकले देखाएको छ । सोमवार ३७ जना ले पिसिआर परिक्षण गराएकोमा ७ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये ४०५ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या २० रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या १८ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०४ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News