अपडेट 
२०७८ असार ८, मंगलवार ०८:०२

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाको पाचौ नगरसभा सोमबार भएको छ ।

नगरप्रमुख बिजयशंकर यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगर बिकासको लागि प्रतिवद्ध रहेको बताए । सिम्रौनगढ नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रुपमा बिकास गर्नेका लागि आफु रातदिन लागिपरेको चर्चा गर्दै मेयर यादवले ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको यस नगरीको बृहतर बिकासका लागि योजना ल्याएको भन्दै नगरबासीलाई सुबिधा उपलब्ध गराउने बताए । सिम्रौनगढ नगरपालिकाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिधुत, पुल पुलेसा, कलभर्ट, बाटोघाटो निर्माण, ढलान, वृक्षारोपन लगायतका प्रभावकारी रुपमा काम अगाडी बढाएको मेयर यादवले बताए । सिम्रौनगढ नगरपालिकालाई हराभरा बनाउदै यहाका ऐतिहासिक संरचनाको सौन्दर्यीकरण गरेर पर्यटक भित्र्याउने खालका योजनाहरु अगाडी बढाएको जानकारी दिए । मेयर यादवले आर्थिक बर्ष २०७८÷७९को ३२ करोड ३ लाख ५८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

बितिय समानिकरण अनुदान १४ करोड ७३ लाख, राजस्व बाडफाड ८ करोड ९४ करोड, ५८ हजार, आर्थि स्रोत २ करोड ६१ लख, प्रदेश तर्फबाट ७५ लाख, अन्य प्रस्ताविक आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार बजेट बिनियोजन गरिएको थियो । कार्यक्रममा नगरपालिकाकी उपमेयर रिमादेवी कुसवाहा, निमित कार्यकारी अधिकृत बिरेन्द्र प्रसाद साह, योजना अधिकृत जितेन्द्र यादव, लेखा अधिकृत सर्मेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको उलेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News