अपडेट 
२०७८ असार ८, मंगलवार १३:२६

भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १६७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ । त्यस्तै समग्र कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ७७ हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडु र केरलामा सात हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारमा झरेको छ । दिल्लीमा दैनिक एक सयभन्दा कम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

भारतमा अहिलेसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News