अपडेट 
२०७८ असार ८, मंगलवार १८:२४

६५ वर्षभन्दा माथिल्लो उमेर समूहका १३ लाख नागरिकलाई तत्काल काेराेना विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अन्तरिम आदेश जारी गरेकाे हो । यथाशिघ्र खोपको व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएकाे छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । खाेप लगाउने समयसिमा टर्न लागेपछि सर्वाेच्चमा रिट दाएर भएकाे थियाे । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउन सकेको छैन । अझै १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी छ । समयमै खाेप प्राप्त नभएपछि १३ लाख जेष्ठ नागरिक खाेप लगाउनबाट वञ्चित भएका छन् ।

Comment


Related News

Latest News

Trending News