२०७८ असार ९, बुधबार ०७:३९

जनकपुर स्थित बसपार्क नजिकै राजनीति पहुँचको बलमा गुठीको जग्गा कब्जा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलाकुटी श्रीरामजानकी दुल्हा दुल्हिन भगवान मन्दिरको जग्गा राजनीति पहुँच बालाले अतिक्रमण गरेका छन् । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले गुठी कार्यालय जनकपुरको अधिनमा रहेको मन्दिरको जग्गा जर्वजस्ती कब्जा गर्न लागेको स्थानिय रोहित ठाकुरले बताए । बेलाकुटी श्रीरामजानकी दुल्हा दुल्हिन भगवान मन्दिरको ३०९ र ५६८ किता नम्बरको करिब १४ कठ्ठा जग्गामा इट्टाको पर्खाल लगाएर चौधरीले कब्जा गरेको छ । गुठीको जग्गा अतिक्रमण गरी निर्माण भइरहेको पर्खाल रोक्न जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानियले उजुरी गरेपनि निर्माण काम नरोकिएको ठाकुरले बताए । गुठी कार्यालयले कुनै संस्थालाई दिएको भए निर्माण स्थलमा योजनाको बोर्ड लगाउनु पथ्र्यो, त्यस्तो केहि जानकारी नराखि गुठीको जग्गा कब्जा भइरहेको छ, ठाकुरले भने,‘राजनीति दलको आडमा संघसंस्थाका लागि जग्गा लिजमा लिएर धमाधम जग्गा कब्जा गर्दै छन ।’ जानकी यातायात व्यवसायी संघ अध्यक्ष चौधरीले यस अघि पनि बेला कुटीको जग्गा कब्जा गर्ने प्रयास गरेका थिए । मन्त्री भन्दा दक्षिण भौतिक संरचना बनाउन थालेका चौधरीले स्थानियको विरोध पछि हटेका थिए ।

प्रदेश सरकारबाट धर्मशाला बनाउन संस्थाको नाममा गुठिको जग्गा कब्जा गर्न व्यवसायी चौधरी लागिपरेको स्थानिय बताउँछन् । चौधरीलाई जग्गा कब्जा गर्न गुठी कार्यालय जनकपुरका प्रमुख बैकुण्ठ रेग्मीले सहयोग गरेको आरोप समेत स्थानियले लगाए । गुठी कार्यालयले बेला कुटीको ७ कठ्ठा जग्गा ५ वर्षका लागि ठेक्का लगाउन बोलपत्र आव्हान गरेको भएपनि ठेक्का नलाउदै अध्यक्ष चौधरीले जर्वजस्ती धर्मशाला बनाउन गुठीको जग्गामा पर्खाल लगाएको रेग्मीले बताए । कोरोनाका कारण कार्यालयमा कर्मचारी नभएको मौका छोपेर गुठीको जग्गामा निर्माण कार्य भइरहेको रेग्मीले बताए । जनकपुरको बलवा टोलमा मन्दिरको जग्गामा नीजि भवन बन्दै छ । स्थानियले मन्दिरका उतराधिकारी महन्थको नाममा रहेको जग्गा कब्जा गरी नीजि भवन बनाउन थालेको हो । जनकपुरधाम–८ बलवा टोलस्थित प्रहारी चौकी भन्दा करिब १ सय मिटर उतर तर्फ सिया रघुनाथ सदन बिहार कुण्डका महन्थ जयकिशोर शरणको नाममा रहेको कित्ता नं. १८ बगैचा विवरण लालपुर्जामा उल्लेख भएको ४ कठ्ठा ११ धुर २ कन्वा गुठी जग्गामा अतिक्रमण गरी नीजि घर निर्माण भइरहेको छ ।

Comment


Related News