अपडेट 
२०७८ असार ९, बुधबार ०७:५६

प्रदेश २ सरकारको विकास निर्माणको कार्य अझै गति लिन सकेको छैन् । चालु आर्थिक वर्षको ११ महिनासम्ममा प्रदेश सरकारले अहिले सम्म ३१ दशमलब ४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले जेठ मसान्तसम्ममा चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगत तर्फ २९.२३ प्रतिशत बजेट खर्च मात्र गर्न सकेको छ । चालु आवाको वजेट ३३ अर्व रहेको भएको पनि प्रदेश सरकारले जेठ मसान्तसम्म १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । पछिल्लो ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको जनाइएको छ । यस मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ । चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार रुपैयाँ र पुँजीगत तर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ । त्यसैगरि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा कम अर्थात १३.८ प्रतिशत बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षको ११ महिनामा यस मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगत तर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ३६.३५ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३२.८ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४.२४ प्रतिशत बजेट खर्च गर्न सकेको छ । त्यसैगरि, सामाजिक विकास मन्त्रालयले जेठ मसान्त सम्म चालु तर्फ १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ र पुँजीगत तर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख र आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार रुपैयाँ र पुँजीगत तर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले प्रदेश सरकारले धेरै योजनाहरुको काम गरेपनि रकम भुक्तानि नहुदाँ बजेट खर्च कम देखिएको बताईन । कोरोना महामारीका कारण कतिपय योजनाहरु अझै सम्पन्न हुन सकेको छैन, अन्तिम चरणमा पुगेका छन्, राज्यमन्त्री यादवले भनिन्,‘ तर ती कामहरु एक दुई दिनमा सकेर भुक्तानि प्रक्रिया सुरु भएपछि बजेट खर्च ह्वातै बढ्छ ।’

Comment


Related News

Latest News

Trending News