अपडेट 
२०७८ असार १०, बिहीबार ०७:१६

जनकपुरधाम उप–महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

उप–महानगरको सातौं नगरसभाको नगरप्रमुख लालकिशोर साहले वुधवार शुभारम्भ गर्दै प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । उप–महानगरपालिकाले कोभिड–१९, स्वास्थय, शिक्षा, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । सबै नागरिकलाई कोरोना भाइरस सङ्क्रमणमुक्त बनाउन पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीलगायत आवश्यकको सबै थोकको व्यवस्थापन तथा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विश्वव्यापी महामारीको रुपमा आएको कोभिड ९ऋयखष्म(ज्ञढ० को दोश्रो चरणको प्रभावले यस उपमहानगरपालिका भित्रका सम्पूर्ण नगरवासीहरु प्रभावित भएको व्यहोरा विधितै छ । उक्त संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गोपाल धर्मशालामा अक्सिजन र औषधि सहितको आईशोलेशन सेन्टर सञ्चालनमा रहेको छ । त्यसै गरि २५ वटै वडाहरुमा स्थलगत पि.सि.आर. परिक्षण समेत सम्पन्न गरिएको छ । नगरलाई सेनिटाईजेसन गर्ने कार्य जारि रहेको छ । कोभिड —१९ संक्रमित बिरामी र निजको सम्पर्कमा रहेका व्यक्तिहरुसंग सम्पर्क गरी कोभिड—१९ ऋबकभ क्ष्लखभकतष्बतष्यल बलम ऋयलतबअत त्चबअष्लन को ८ वटा टिमहरु परिचालन गरि रोगको रोकथाम तथा नियन्त्रणको लागि निरन्तर प्रयास गरिदै आएको छ ।

आगामी आर्थिक वर्षमा समेत उक्त संक्रमणको रोकथाम तथा नियन्त्रणमा निरन्तर प्रयास जारी रहने प्रतिब्द्धता व्यक्त गरिएको छ। उपमहानगरपालिकामा रहेको पवित्र धार्मिक स्थल जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने हाम्रो अथक प्रयास स्वरुप नेपाल सरकारबाट आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रममा उक्त विषयलाई सम्वोधन भएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस कार्यमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुर्याउने सबै राजनैतिक नेतृत्व , जनप्रतिनिधिहरु, कर्मचारीहरु, समाजिक एवम धार्मिक अभियन्ताहरु , विकासका साझेदारहरु , नागरिक समाज सबैमा हार्दिक आभार प्रकट गदै अझै थप सहकार्यको लागि प्रतिबद्धता व्यक्त गरिएको छ । पर्यटन प्रवद्र्धनकोलागि धार्मिक एवम् सांस्कृतिक नगरीको रुपमा विकास गरी पर्यटकहरुको पवित्र गन्तव्यस्थलको रुपमा विकसित गरिदै लगिनेछ । यसका लागी नगर क्षेत्र भित्रका मठ— मन्दिर, कुटी, धर्मशाला, सागर, पोखरी, कुण्डको संरक्षण र सम्र्वद्धन गर्दै राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा जनकपुरधाम उपमहानगरलाई धार्मिक पर्यटनको गन्तव्य स्थलको रुपमा स्थापित गर्न निरन्तर प्रयत्नरत रहने बताइएको छ । तयस्तै अन्य राष्ट्रिय/अन्तराष्ट्रिय नगर हरुसंग भगिनी सम्बन्ध कायम गर्दै यस उपमहानगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरको वारेमा अन्तरराष्ट्रियकरण गरी मिथिला संस्कृति, कला, साहित्य र परम्पराको प्रर्वद्धन गरी आन्तरिक एवम वाह्य पर्यटनलाई आकर्षित गरिने जनाइएको छ ।

मिथिलाको पहिचान वोकेको विवाहपञ्चमी, झिझिया लगायतका सांस्कृतिक कार्यक्रमहरुको सम्बर्धन र प्रवर्धन गर्दै हरेक घरमा मिथिला आर्टको नाराका साथ मिथिला आर्ट क्षेत्र घोषणा गरिनेछ । नगरक्षेत्रको वालमा मिथिला आर्टको पेन्टिङ्ग गरिने जनाइएको छ । नगरभित्रका नालाहरु खुल्ला रहँदा लामखुट्टे नियन्त्रण गर्न कठिन भएको र खुल्ला नालाले दुर्गन्ध फैलाँउदा डेङगु, कालाज्वर र औलो लगायतका रोग व्याधिहरुको संक्रमण फैलिन सक्ने अवस्थाको दिर्घकालिन सामाधान गर्न नगरभित्रका सबै खुल्ला नालाहरुमा ढकनी लगाई “खुल्ला नाला मुक्त शहर”को अभियान सञ्चालन गरिने छ । यसबाट शहरलाई प्रदुषणरहित तुल्याँउदै सफा, सुन्दर र स्वच्छ नगर बनाउने अभियानलाई टेवा पुग्ने अपेक्षा गरिएको साथै व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै नगरभित्रका मूख्य एवम सहायक सडकहरु लाई पक्की सडकमा रुपान्तरण गर्दै आवश्यकतानुसार मर्मत सम्भार एवम स्तरोन्नती गरी सडक मार्गलाई दिगो, भरपर्दो, सुरक्षित र व्यवस्थित गरिदै लगिने जनाइएको छ । बैदेशिक रोजगारीबाट फर्किएका र विदेशमा नविनतम ज्ञान, शिप र प्रविधिको जानकारी प्राप्त गरेका यूवाहरुलाई स्वदेशमानै ती ज्ञान, शिप र प्रविधिको उपयोग गरी व्यवसाय उन्मुख हुन उत्प्रेरित बनाउने कार्य वातावरण तयार गर्ने कार्यक्रमहरुलाई प्राथमिकता प्रदान गरिनेछ । बढदो वेराजगारीले निम्त्याएको निरासालाई न्युनिकराण गर्न रोजगारी सृजना गर्ने उद्यम व्यवसायलाई थप सहुलियत प्रदान गरिनेछ ।

रोजगारीका थप क्षेत्रहरुको पहिचान गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप उपलब्धी मूलक बनाउन आवश्यक निमार्ण सामाग्री एवम उपकरणहरु उपलब्ध गराईनेछ । दलित, विपन्न र आर्थिक समाजिकरुपमा पिछडिएका महिलाहरुको क्षमता अभिवृद्धि र सशक्तिकरणको लागि आवश्यक सिपमूलक तालिम प्रदान गरिनेछ । सोका लागि आवश्यक SEED MONNEY र प्राविधिक सहयोग उपलब्ध गराईनेछ । कृषि क्षेत्रको आधुनिकिकरण, विविधिकरण, व्यवसायिकरण तथा बजारिकणलाई प्रवद्र्धन गर्न पकेट क्षेत्रको विकास, मल, किटनासक औषधि र उन्नत बिउको व्यवस्था, व्यवसायिक खेती, बजारको बिकास, उचित भण्डारण, प्रविधिको विकास र उचित मूल्य निर्धारणमा विशेष जोड दिई कृषि उत्पादन र उप्तादकत्व अधिवृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिइनेछ । उत्पादनको लागत न्यून गरी उत्पाकत्व वृद्धि गर्न तथा कृषिमा आश्रित नागरिकको जीवनमा परि र्वतनको महशुश ल्याई गुणस्तरिय जिवनको आधरशिला खडा गर्न नगरभित्रका ग्रामिण क्षेत्रहरुमा कृषि विद्युतिकरणको कार्यक्रमलाई थप निरन्तरता दिईनेछ । नगरभित्रका पशुपालन, मत्स्य पालन, कुखुरा पालन लगायतका पशुपंक्षि व्यवसायलाई थप टेवा पुर्याई स्वरोजगारी र आत्मर्निभरताको प्रवद्र्धन गर्ने र कामको सम्मान गर्ने सामजिक मनोविज्ञान सृजना गर्न थप प्रबद्र्धनात्मक कार्यक्रमहरु सञ्चालनमा ल्याईने जनाइएको छ । गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्य र सुरक्षाको लागी सुनौला १००० दिनको आमाहरुको लागि पोषण कार्यक्रम र गर्भवती आमाहरुको लागी सफाई सामाग्री वितरण कार्यक्रमलाई पुन ः संचालनमा ल्याइनेछ । कोभिड १९ लगायतको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागी आवश्यक स्वास्थ्य सामाग्री र औषधीको प्रयाप्त व्यवस्था मिलाइनेछ ।

विद्यार्थी शिक्षक अनुपात कायम गर्ने सरकारी नीति अनुरुप अति न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई आगामी आर्थिक वर्षभित्र आवश्यकता अनुसार समायोयन वा रुपान्तरण गर्ने कार्य सम्पन्न गरिनेछ । माध्यामिक विद्यालयमा कतै विषयगत शिक्षक नै नहुने त कतै आवश्यकता भन्दा बढी विषयगत शिक्षक हुने तथा प्राथमिक एवम आधारभूत तहका विद्यालयमा समेत शिक्षक विद्याथी अनुपात नमिल्दा देखापरेको समस्यालाई सामाधान गर्न आगामी आर्थिक वर्षभित्र शिक्षक दरवन्दी मिलान गर्नेकार्य सम्पन्न गरिनेछ । नगरक्षेत्रको हरियाली प्रवद्र्धन र सरसफाईलाई ध्यानदिई आगामी आर्थिक वर्षमा समग्र नगरक्षेत्रको वातावरण गुरुयोजना तयार गरिनेछ । नगरको सरसफाईलाई वैज्ञानिक र व्यस्थित ढंगले व्यवस्थापन गर्न सार्वजनिक निजि साझेदारीको माध्यमबाट “फोहरसँग मोहर” भन्ने नाराकासाथ उपयुक्त सेनिटरी ल्याण्डफिल्ड साइटको व्यवस्था गरी क्यष्मि ध्बकतभ ःबलबनझभबलत को अवधारणालाई कार्यान्वयनमा लगिनेछ । यसका लागि उपयुक्त स्थानमा जमिनको खोजी कार्य जारी राखिएको छ । यसबाट नगरको सरसफाई र सौन्दर्यकरण गर्न दिर्घकालिन, मध्यकालिन र तत्कालिन रणनीति सहितको कार्य योजना बनाई फोहरको उचित व्यवस्थापन गरिनेछ ।

जनकपुरधाम उपमहानगरपालिका को नगर सरसफाईको लागी विशेष कार्यक्रमहरु सञ्चालन गरिने छ । लामखुट्टे नियन्त्रणको विशेष कार्यक्रमलाई निरन्तरता दिइनेछ । कोभिड–१९ संक्रमणलाई न्युनिकरण गर्न सिटी सेनिटाइजेशन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । यस आर्थिक वर्षमा उमा सिंह पत्रकारीता कोष (अक्षय कोष) स्थापना भैसकेको छ । आगामी आर्थिक वर्षबाट बर्षेनी उत्कृष्ट पत्रकार लाई उमासिंह पत्रकारिता पुरस्कार वितरण गर्ने आवश्यक व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

Comment


Related News

Latest News

Trending News