अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:३६

धनुषाधाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५१ हजारको बजेट सार्वजनिक गरेको छ ।

विहिवार सम्पन्न आठौ नगरसभाबाट आगमी आर्थिक वर्ष २०७८÷२०७९ को लागि चालु तर्फ १० करोड ४५ लाख , आर्थिक विकास तर्फ १५ करोड ७५ लाख,समाजीक विकास तर्फ ३ करोड ८८ लाख र पुर्वाधार विकास तर्फ १४ करोड गरि कुल ५६ करोड ५१ हजारको बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले कृषि,शिक्षा र स्वास्थ्यलाई बजेटमा प्राथमिकता दिएको बताए । उनले यस आर्थिक वर्षको बजेटमा कोरोना भाइरसलाई मध्यनजर राख्दै स्वास्थ्यमा बढि ध्यान दिइएको तथा शिक्षा र कृषिलाई समेत ग्राहता दिइएको बताए । नगरपालिकाका प्रमुख मण्डलको अध्यक्षतामा भएको नगरसभामा नगरकी उपप्रमुख विद्यादेवी भुजेलले बजेट विवरण सुनाएकी थिइन् । धनुषाधाम नगरपालिकाले बजेटमा धनुष मन्दिर पुर्न निर्माण शुरु गर्ने भएको छ । मंसिरबाट नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने नगरपालिकाले धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टा स्वास्थ्य सेवा प्रवाह हुने भएको छ । त्यसैगरि राष्ट्रिय फुटबल खेलकुदका खेलाडी दिनेश हेन्जनलाई धनुषाधाम नगरपालिकाको छोरो उपाधि द्वारा सम्मान गर्दै सदभावना दुत्तको रुपमा नियुक्त गरिने भएको छ । साउनबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

साथै नगरको विकासका लागि करिब २० कि.मि. भन्दा बढी पि.सि.सि. ढलान हुने र उप–मेयर सँग आरोग्य र उप–मेयर सँग महिला लगायतका कार्यक्रमबाट सुत्केरी महिलालाई बिशेष पोषण युक्त खाद्यन्न उपलब्ध गराउने तथा नवजात शिशुलाई पोषण युक्त सामाग्री उपलब्ध गराउने भएको छ । साथै बजेटमा जनता उपचार कोष र नगर प्रमुख सँग जनस्वास्थ्य कार्यक्रमबाट ८ प्रकारका जटिल रोग र गरिब नागरिकलाई उपचार सहायता प्रदान गरिने विशेष योजना रहेको जनाइएको छ । नगरपालिकाले योग तथा आरोग्य केन्द्र निर्माण गर्ने,कृषकलाई पशुबिमा र कृषि बिमाका लागि सहयोग गर्ने ,उत्कृष्ट कृषकलाई प्रोत्शाहन र सम्मान गर्ने लगायतका योजनाहरु रहेको नगरपालिकाका उपमेयर भुजेलले प्रस्तुत गरेको नीति तथा बजेटमा उल्लेख रहेको छ । नगरसभाले आर्थिक वर्ष २०७८÷२०७९ को वजेट सर्वसम्मतीले पारीत गर्दै सम्पन्न भएको छ । कार्यक्रममा नगरका सम्पुर्ण वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News