अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:३८

धनुषाको औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ३८ करोड १९ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवको अध्यक्षतामा भएको पाँचौ गाउँसभामा अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोना महामारीले प्रभावित जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए । विश्वव्यापी कोभिड –१९ को दोस्रो लहरबाट विश्व नै अक्रान्त बनेको बेला तेस्रो लहरको समेत प्रक्षेपण गरिएकोले औरही गाउँपालिका बासीको जीउज्यानको रक्षा गर्नु प्रमुख दायित्व रहेको उनले बताए । उपलब्ध स्वास्थ्यकर्मी, कर्मचारी र वृद्धवृद्धाहरुको लागि कोरोना विरुद्धको खोप प्रयोगमा आइसकेको र भविष्यमा सम्पूर्ण पालिका वासीहरुलाई खोपको व्यवस्था गरिने अध्यक्ष यादवले बताए । आवश्यक मेडिकल उपकरण र दक्ष जनशक्तिको उचित व्यवस्थापन गरी गाउँ बासीका स्वास्थ्य अवस्थामा सुधार ल्याउने विषयलाई आ.व. ०७८।०७९ मा प्राथमिकतामा राखिएको अध्यक्ष यादवले बताए ।

पालिकाको प्रमुख पेशा कृषि रहेकोले कृषिलाई सम्मानजनक पेशाको रुपमा स्थापित गर्दै कृषक लक्षित कार्यक्रमहरु समेटिएको उनले बताए । खानेपानी आपूर्ति, पर्यटकीय पूर्वाधार विकास जस्ता कार्यक्रमहरु संचालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसै गरी सूचना प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार, रोजगारका अवसरको सृजना हुने दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा अनुरुपका योजनाहरुलाई समेत प्राथमिकतामा राखिएको छ । उपाध्यक्ष निरा देवी सहनीले स्वागत मन्तव्य राखेका गाउँसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News