अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:५१

धनुषाको वटेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ३६ करोड १५ लाख ५० हजार ५ सय ७९ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्वर बहादुर राउतको अध्यक्षतामा आयोजित सातौं गाउँ सभामा आ.व.२०७८/०८९ को बजेट प्रस्तुत गर्दै उपाध्यक्ष प्रमिला देवी महतो गाउँपालिकाले तय गरेको अभिलाषायुक्त, सपनायुक्त र महत्वकांक्षी बटेश्वर गाउँपालिका स्वच्छ सुन्दर समुन्नत गाउँपालिका भन्ने नारा अनुरुप निर्वाचित नेतृत्वबाट खुल्ला दिशा मुक्त गाउँपालिका लगायत सडकहरुको संघ प्रदेश र स्थानीय गरी लगभग २५ किलो मिटर यसै आ.व. मा सम्पन्न हुन लागेको बताइन् । सडकहरुको स्तरोन्नती, गाउँपालिका सुशासन ब्यवस्थापन, वडा कार्यालयहरुबाट सेवा प्रवाह लगायतका सेवाहरु प्रभावकारी बनाउँदै स्थानिय सरकारको अनुभुती दिलाउन सफल भई अव अरु संग तुलना नगरी संघिय सरकार र प्रदेश सरकाबाट प्राप्त अनुदान र आफनै आन्तरिक आयबाट स्थानिय सपेक्षतामा चौतर्फी रुपमा गुणात्मक फडको लिन भौतिक र संस्थागत पुर्वाधार तय गर्दै अपेक्षित रुपमा गाउँपालिकाको विकासकालागी सातौ गाउँसभा प्राविधिक रुपले उपयुक्त र सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तीकालागी समन्वय कायम गर्दै विकासका गन्तव्य, प्राथमिकता चयन गनुपर्ने विशिष्ट अवस्थामा विभिन्न तर्जुमाका आधार तथा बजेटका प्राथमिकताहरु प्रस्तुत गरिन् ।

सातौं गाउँसभामा उपस्थितहरुलाई गाउँपालिका अध्यक्ष राउत उपस्थित सबैमा धन्यवाद दिदैँ हामी ठुलो सपना बोकेर अगाडी बढिरहेका छौं तोकेको समयमा गाउँसभा गर्नुपर्ने भएकोले टोलटोलमा छुटेका कामहरुको सूची अब आउने २० गते हुने बन्दसत्रमा समावेस गरी अगाडी बढने प्रतिवद्धता जनाए । कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत रुद्र नारायण यादव, वडाध्यक्ष, वडासदस्य लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News