अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:५६

बाराको कलैया उपमहानगरपालिकाको सातौ नगरसभा बिहीबार सम्पन्न भएको छ ।

मेयर राजेशराय यादवले उद्घाटन गरेको नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को १ अर्व ६५ करोड ९६ लाख ७९ हजार रुपैयाको बजेट उपमहानगरपालिका उपप्रमुख रहिमा खातुनले प्रस्तुत गरेकी थिईन् । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ । कलैया उपमहानगरपालिकामा बाहय तथा भित्री पर्यटनलाई लोभयाउने गरि यहाँका पर्टयकीय स्थलहरुको बिकास गरि धार्मिक एवम् सांस्कृति महत्व बोकेको मन्दिर हरुको संरक्षण एवम सम्वद्र्धन गर्दै अगाडी बढाउने खालका बजेट समेत ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले जानकारी दिए । स्थानिय सरकार भएको हँुदा नगरभित्रमा संचालन हुने संचारगृहहरुलाई जीवन्त राख्नका लागि पनि नगरपालिकाको भुमिका महत्वपुर्ण हुदाहुदै बजेट नराख्नु पत्रकार र संचारगृहहरुको वेवस्ता गरेको पत्रकारहरुले दुखेसो पोखे ।

Comment


Related News

Latest News

Trending News