२०७८ असार ११, शुक्रबार ०८:००

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई जानकी मन्दिरलाई विश्व सम्पदाको सुचीमा सूचिकृत गराउन पहल गरिदिन गौ संरक्षण मंच नेपालले ज्ञापन पत्र बुझाएको छ ।

पुरातात्विक हिसाबले परिपुर्ण रहेको कलात्मक कारिगरीबाट परापुर्वकालमा निर्माण भएको जानकी मन्दिर पौराणिक सम्पदा रहेकोले मन्दिरलाई जगेर्ना गर्दै विश्व सम्पदाको सुचिमा सुचिकृत गराउन पहल गरिदिन बिहिबार प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाइएको गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदीश महासेठले बताए । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन विभिन्न निकायबाट पटक पटक पहल भएपनि सम्भव हुन नसकेकोले प्रदेश प्रमुखलाई समेत पहल गरिदिन ज्ञापन पत्र बुझाइएको महासेठले बताए । जानकी मन्दिरको जिर्णोद्धार तथा सौन्दर्यीकरणको नाउमा पुरातात्विक अवशेषहरु लोप हुने खतरा रहेको ज्ञापन पत्रमा उल्लेख गर्दै मापदण्ड बिपरीत जानकी मन्दिरलाई आधुनिक तवरले सौन्दर्यीकरण गर्न रोक लागउन समेत गौ संरक्षण मंचले माग गरेको छ । जानकी मन्दिरको आसपासमा विशाल भवनहरु निर्माण हुदा मन्दिरको सौन्दर्यीकरण छोपिएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको छ ।

Comment

Related News

Latest News

Trending News