अपडेट 
२०७८ असार ११, शुक्रबार ०९:०२

राजेन्द्र यादव, जनकपुरधाम |
महोत्तरीको सोनमा गाउँपालिकाले आर्थिक वर्ष ०७८/०७९ को लागी ४० करोड ८४ लाख ४ हजारको बजेट पेश गरेको छ ।

सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले बुधवार गाउँपालिकाको पाचौं गाउँसभालाई सम्बोधन गर्दै कोभिडको दोस्रो लहरको कारण मुलुकभर निषेधाज्ञा अवस्थामा यो गाउँपालिका समेत प्रभावित भएको बताए । तोकिएको सीमाभित्र आगामी आर्थिक वर्षको बजेट असार १० गत्तेभित्र गाउँसभामा ल्याउनुपर्ने वाध्यता रहेकोले आफूहरु समयमै बजेट ल्याउन सफल भएको बताए ।
उनले कोभिड १९ महामारीको बाबजुद टोल,वस्तीस्तर र सरोकारवालाहरुबाट योजना तथा कार्याक्रम प्राप्त गरी वडा समितिबाट योजना तथा कार्यक्रमको प्राथमिकीकरण गरि यससभाबाट योजना तथा कार्यक्रम छनोट गर्ने तथा तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण वडाध्यक्षहरु लगायत सम्पूणमा धन्यवाद ज्ञापन व्यक्त गरे । गाउँपालिकाको ऐतिहासिक तथा पौराणिक महत्वका धार्मिक, पर्यटकीय क्षेत्र गेरुकाधाम, तथा सोनमागढ जस्ता ठाउँलाई पर्यटन क्षेत्रको रुपमा विकास गरि यसको लागि बजेट छ्ट्याईएको प्रमुख प्रशासकिय अधिकृत रंजित कुमार महत्तोले बताए ।

गाउपालिकाको अधिंकास जनता जिवीको पार्जनका लागि कृषिमा निर्भर रहेकोले कृषिको आधुनिकीकरण,विविधीकरण तथा जिवन निर्वाहमुखी वनाउन कृषि क्षेत्रलाई महत्वका साथ समेटिएको अधिकृत यादवले वताए । गाउपालिका भित्रका दिर्घरोगीहरुलाई आवश्यक उपचारमा आर्थिक सहयोग होस भन्ने ध्येयका साथ क्यान्सर,मृगौला,हेड इन्जुरी,स्पाइनलकोड जस्ता विरामीहरुलाई उपचार वापत २५ हजार रुपैया बार्षिकरुपमा प्रदान गरिने गाउपालिका अध्यक्ष यादवले वताए । गाउपालिकाले अगिंकार गरेको योजना तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि सवैले आफनो ठाउबाट सहयोग गर्न प्रमुख प्रशासकिय अधिकृत यादवले अपिल गरे ।

Comment


Related News

Latest News

Trending News