अपडेट 
२०७८ असार १२, शनिबार ०७:४३

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी युद्धस्तरमा जारी छ । यस अघि २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म आयोजन हुने भनिएको महाधिवेशन निर्धारित समयमा हुन सकेको थिएन । यसकारणले पनि काग्रेस नेतृत्वमाथि महाधिवेशन गराई छाड्ने नैतिक तथा संवैधानिक दवाव छ । भदौ दोश्रो साता आयोजन हुने भनिएको महाधिवेशनको तयारीमा सिंगै पार्टीपंक्ति सकृय छन् । देशको सबभन्दा पुरानो दलमा पुराना तथा जकडिएका क्रोनिक रोग ब्याधिहरु पनि त्यतिकै छन् । जसको दृश्यावलोकन राम्ररी भै नै रहेको छ । पिंधमा महाधिवेशन प्रतिनिधी बनाउने र हटाउने खेल जारी छ भन्ने टुप्पोमा पार्टी सभापतिका लागी हान थाप सुरु भई सकेको छ । तन, मन, धन लगाएको पार्टीको टुप्पो अर्थात् सभापति बन्न खोज्नु अस्वाभाविक होईन ।

आगत महाधिवेशनमा आधा दर्जन नेताको नाम सभापति पदका लागी प्रस्तावित छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाललाई दोहराउन खोजी रहेका छन् भन्ने वरिष्ट नेता रामचन्द्र पौडेल पनि अखाडामा उत्रिन तयार देखिन्छन् । यता गणेशान सिंहका पूत्र पूर्व महामन्त्री प्रकाशमान सिंह , विपी पूत्र तथा महामन्त्री शशांक कोइराला तथा महेन्द्रनारायण निधीका पूत्र तथा उपसभापति विमलेन्द्रनिधीसंगै गिरीजा पूत्री सुजाता कोइराला लगायतले पनि सभापतिमा उम्मेदवारी दिने चर्चा छ । तर यहा“ उपसभापति विमलेन्द्र निधीको चर्चा गर्न मन लाग्यौ । पार्टी सभापति बन्ने नैसर्गिक तथा स्वाभाविक अडान राख्दा आफ्नै गुटका चाणक्य बारे सभापति शेरबहादुर देउवाको बडि लंगवेजको चर्चा गर्न मन लाग्यो । देउवाको भाषा र व्यावहारमा आएको परिवर्तनको चर्चा गर्न मन लाग्यो अनि नेपाली काग्रेस जस्तै खस नेतृत्वमा रहेको नेकपा एमाले र माओवादी केन्द्रसंग आवद्ध मधेसी नेताहरुको पार्टीप्रतिको वफादारी र उनिहरुले भोग्नु परेको हविगत बारे चर्चा गर्न मन लाग्यो । तर विषय वस्तुको उठान गरौं बहुदलीय व्यवस्था पश्च्यात् मुलुकमा भएको दोश्रो आम निर्वाचन भनौं वा मध्यावधि निर्वाचन ताकाको घटना बारे । काग्रेस भित्र आन्तरिक किचलो बढन थालेपछि दोश्रो पुस्ताका नेताहरुको दवावमा गिरीजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधी चुनाव नलडने निधो गरे । तीनै नेताले अलिखित भद्र समझौतालाई स्वीकार पनि गरे तर हविगत के भयो भने महेन्द्रनारायण निधिबाहेकका दुबै नेता चुनाव पनि लडे अनि प्रधानमन्त्रीको जागीर पनि खाए । पहाड र मधेसका कुरा गर्ने , नैतिकताको कुरा गर्ने ,क्षमताको कुरा गर्नेहरुका लागी यो सानो उदाहरण मार्फत मुख्य विषयमा प्रवेश गरौं ।

काग्रेसको पुस्तैनी लेगेसी बोकेका विमलेन्द्र निधी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रृय भए । तीन तीन पटक प्रधानमन्त्री तथा दुई दुई पटक काग्रेस सभापति भई सकेका शेरबहादुर देउवापछिका नेवि संघका केन्द्रिय सभापति निधी नै हुन् । हो, उनले पनि पटक पटक मन्त्री बन्ने मौका पाएका छन् । एक पटक उपप्रधान तथा गृहमन्त्री पनि भएका छन् । तर देउवापछि नेवि संघका केन्द्रिय सभापति बन्न लियाकत भएका निधी देउवा पछि पार्टी सभापति किन बन्न नहुने ? देउवापछि प्रधानमन्त्री किन बन्न नहुने ? यो स्वाभाविक प्रश्न बनेको छ । निधी सभापतिको उम्मेदवार बन्ने घोषणामात्र गर्दा देउवा उच्च ज्वरका रोगी जस्तै बरबराउन समेत थालेका छन् । देशी विदेशी शक्तिको नामलिएर निधीलाई बदनाम गर्ने दुष्प्रयास समेत गर्न थालेका छन् । देउवाको शारथी बनेर उनलाई सभापति ,प्रधानमन्त्री बनाई राख्दासम्म निधी इमानदार , देशभक्त अनि राजनेता । आफै सभापति बन्छु भन्दा विदेशी दलाल ? देउवाजी , निधी तपाई भन्दा कम्ती योग्य छैनन् । पार्टीमा उहा“को तपाई भन्दा कम्ती लगानी छैन । पहिलो पुस्ताको कुरा गरौं भन्ने तपाई उहा“ भन्दा कता हो कता पछि हुनु हुन्छ । खस बहुल पार्टीमा मधेसी भएकै कारण निधीले भोगेको यो पहिलो घटना भने पटक्कै होईन । यस्तै नियती सीतानन्दन राय , महन्थ ठाकुर , महेन्द्र राय यादव , रामचन्द्र झा , जेपी गुप्तालगायतले समेत भोगी सकेका छन् । योग्यता ,क्षमता , लोकप्रियताको हिसावले योग्य भएरपनि मधेसी भएकै कारण यी नेताहरु कति दिनसम्म सास्ती भोग्नु पर्ने हो ?

मधेस नेपाली काग्रेसको गोरहा खेत हो । नेपाली काग्रेसको जन्म भारतको बनारसमा २००३ साल कातिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको रुपमा भएको थियो भने संगठनको रूपरेखा , सिद्धान्त र कार्य प्रणाली आदिको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३ गते गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता पहिलो महाधिवेशन भारतको कलकतामा भएको थियो । प्रथम महाधिवेशनले पार्टीको नया“ नाम दियो – नेपाली राष्ट्रिय कांग्रेस । तर कति जनालाई थाहा छ नेपाल भूमिमा नेपाली काग्रेसको पहिलो पटक महाधिवेशन भएको स्थान हो – जनकपुरधाम । यिनै महेन्द नारायण निधी,रामनारायण मिश्रलगायतका नेताहरुको अगुवाईमा । नेपाली काग्रेसको पा“चौ महाधिवेशन जनकपुरधाममा विसं २०० ९ साल जेठ १० गतेदेखि १३ गतेसम्म भएको थियो । जसमा विपी कोइराला सभापति चयन भएका थिए । नेपाली भूमिमा पहिलो पटक भएको काग्रेसको महाधिवेशन मिथिला नगरी जनकपुरमै हुनुले के सन्देश दिन्छ भन्ने मिथिला मधेस काग्रेसको गोरहा खेत हो । यहा“का नागरिकले काग्रेसलाई तन,मन,धन र भोट दिएर सत्तासम्म पुर्याएका छन् ।

काठमाण्डौबाट हारेका कृष्णप्रसाद भट्टराईलाई बिरगंजका मतदाताहरुले संसदसम्म पुर्याएका थिए । तर यिनै मधेसका बेटा नेपाली काग्रेसको सभापति किन बन्न नहुने ?

Comment


Related News

Latest News

Trending News