अपडेट 
२०७८ असार १२, शनिबार ०७:५५

जीतपुर । आर्थिक बर्ष २०७८/०७९ को लागि बाराका १६ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय स्तरमा राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण बाराको आर्थिक नगरीको रुपमा रहेको जीतपुर सिमरा उपमहानगरले समयमै बजेट ल्याउन सकेको छैन । त्यसैगरी कोल्भी नगरपालिका र करैयामाई गाउँपालिकाले पनि समयमै बजेट ल्याउन सकेका छैनन् । नौ गाउँपालिका रहेको बाराको करैयामाईले मात्र परिषद असार १० भित्र परिषद् गर्न नसकेको हो । पालिकाहरुमध्ये प्रसौनी गाउँपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ । गाउँपलिका मध्ये सबैभन्दा कम बजेट विश्रामपुर गाउँपालिकाले ल्याएको छ । बाराका पाँच नगरपालिका मध्ये कोल्हवी नगरपालिकाले बजेट ल्याउन सकेको छैन । नगरमा देखिएको विवाद र विबिध कारणले परिषद समयमै गर्न नसकेको कोल्हबीले चाडै नगर परिषद गर्ने जनाएको छ । नगरपालिकाहरु मध्ये निजगढ नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ । सबैभन्दा कम पचरौता नगरपालिकाले बजेट सार्बजनिक गरेको छ ।

Comment


Related News

Latest News

Trending News