२०७८ असार १२, शनिबार ०७:५९

गौर । रौतहटको गौर नगरपालिकाका स्थानीयबासीले गौरमा घण्टा घर हेर्न पाउने चाहना पुरा भएन् ।

गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले गौरको विकास एवं सौन्दर्यीकरणको लागि मध्य भाग बिपी चौकमा घण्टा घर निर्माण गर्न लागिएको भन्दै तामझामका साथ शिलान्यास गरेपनि चालु आर्थिक वर्षमा सो को निर्माण कार्य शुरु हुन् नसक्दा जनतोको अपेक्षा सपना भएर गएको छ । विपी कोइरालाको स्मारक स्थल भएको ठाउँमा नगरपालिकाबाट वितिय समानीकरणको ४० लाख रकम छुट्याएर शिलान्याश गरिएको थियो । टेन्डर समेत भै सकेको सो योजनाको रकम नगर प्रमुख गुप्ताले शिर्षक परिवर्तन गर्दै सडक ढलानमा खर्च गरेका छन् । नेपाली कांग्रेसका नेताहरुले आपति जनाए पछि सम्झौता हुन् नसकेको कारण विनियोजन गरिएको रकम सडक ढलानमा खर्च गरिएको गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए । घण्टा घरको निर्माण गर्न नगरपालिकाले सक्रियता देखाएपनि राजनीतिक हिसाव कितावले सहकार्य हुन् नसक्दा रकम अर्को योजनामा खर्च गरिएको उनको भनाइ छ । निर्वाचनको समयमा घोषणा पत्र जारी गर्दै जनाएको प्रतिवद्धता अनुसार जनताको चाहना आकांक्षा अनुरुप नगर प्रमुखले विकास निर्माणको कार्य नगरेको भन्दै नगरबासीले तिब्र रुपमा आलोचना गर्ने गरेको छ ।

गौरको सडक ,नाला , पोखरी सौन्दर्यीकरणमा नेपाल सरकारको सहरी विकास मन्त्रालयका सघन सहरी कार्यक्रमको बजेट लगानी रहेको देखिए पनि नगरपालिकाको देखिने गरि विकास निर्माणको कार्य नरहेको स्थानीयको दावी रहेको छ ।

Comment


Related News