अपडेट 
२०७८ असार १२, शनिबार ०८:५२

कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य केन्द्रीय तथ्याङ्क विभागले साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी गरेको छ । साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पहिलो हप्तामा सक्ने गरी तयारी भएको हो ।

जनगणनाका लागि कार्यालय स्थापनाको काम सकेर सामग्री व्यवस्थापन अन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ । झण्डै ९ हजार सुपरिवेक्षकको छनोट गरिसकिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिइसकेका र केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न नपाएका
सुपरिवेक्षकहरूलाई फेरि १/२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने उहाँको भनाइ छ ।

आयोगले ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना १९६८ सालदेखि सञ्चालन गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News