अपडेट 
२०७८ असार १२, शनिबार १६:४८

नेपालमा शनिबार थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ९ सय १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८१ हजार ३ सय २७ जना निको भएका छन् ।

हाल नेपालमा ४२ हजार २४ सक्रिय संक्रमित आइशोलेशन र ३६१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख १७ हजार ३९ वटा पिसिआर र १ लाख ७१ हजार ११३ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News