२०७८ असार १२, शनिबार १७:५८

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा माटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक–एक जना बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई दिएपछि दुर्घटना भएको हो । सप्तरीको सितापुरमा भएको सो दुर्घटनामा २५८५ नम्वरमा सवार रुपनी गाउँपालिका वडा न।–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको मृत्यु भएको छ । सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो।अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।
घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताउनुभयो ।

यसेबिच दुर्घटना लगत्तै स्थानीयबासिहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।यता मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।

Comment


Related News