अपडेट 
२०७८ असार १३, आईतवार ०७:२९

सेरबहादुर देउवाले आफना साथी र सल्लाहकारका बीचमा चौधौं महाधिवेशनमा ‘एकपटक फेरी नेपाली कांग्रेसको सभापति पदमा चुनाव लडने’ आफनो मनसाय प्रकट गरेका छन । उनको यो अभिब्यक्तिपछि नेपाली कांग्रेसमा स्वाभाविक रुपले प्रतिव्दन्व्दिताको तरंग आएकोछ । सभापतिले नै चुनावप्रति आफनो ‘ मोह’ देखाएपछि आगामी भदौको तेस्रो सातामा हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशन पक्कै हुनेमा कांग्रेसीहरु बिश्वस्त हुन थालेका छन । सभापति पदमा चुनावमा प्रतिस्पध्र्दागर्न, परिपक्व र एकाग्र भावमा, लागेका उप–सभापति बिमलेन्द्र निधिले सभापति देउवालाई आपूmले एकबर्ष अघि नै सभापति पदमा उठने कुरा बताएका थिए ।

तर, यो पटक त्यो पहिलेको कुरा सम्झाउँदा देउवाले बिमलेन्द्रलाई ‘चुनावमा उठने अधिकार तपाईंको पनि छ’ भनेर पन्छिए । उमेरसंगै देउवामा लोभ बढेर गएको थियो । देउवाले पार्टीभित्र आपूm निकै अप्ठेरो अवस्थामा रहेको बेला निधिले आपूmलाई दिलाज्यान लगाएर सघाएको बिर्सिए । यो बिन्दूमा आएर देउवा र निधिको सम्बन्ध निष्क्रिय भयो । देउवाले सभापतिकोचुनावमा आपूm उम्मेदवार हुनेकुरा सार्वजनिक गरेको दुइ दिनपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकपटक कांग्रेसको सभापतिहुने आफनो इच्छा प्रकट गरे । दुर्भाग्य कि, पार्टीमा उनको इच्छा पूरागर्ने वातावरण नै छैन । सत्तरी नाघेका पार्टीका नेताहरु रामचन्द्रजीको इच्छा होइन, आफनै मनोकामनाका दास बनेका छन । देउवाको घोषणासंगै गोपालमान श्रेष्ठ र सुजाता कोइरालाले सभापति पदमा आ–आफनो उम्मेदवारीको घोषणा गरी सकेका छन । बिमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला लगायतका सभापति पदका ‘हाइ प्रोफाइल’ उम्मेदवारहरु निरन्तर चर्चामा रहेका छन । अहिले प्रतिस्पध्र्दा निकै कडा देखिएपनि चुनावको बेलासम्म यसमा कटौतीहुने निश्चित छ । महाधिवेशनका लागि वातावरणको निर्माण कसरी हुनेछ ? कुन हिसावले नेताहरुका बीच मतदाता समन्वयको रणनीति बन्नेछ ? त्यतातिर सबैको ध्यान पुगेको देखिन्छ ।

सभापति चुनावको सन्दर्भमा, कांग्रेसका युवा नेताहरुमा अहिलेको पार्टी नेतृत्वका बिरुध्द चुनावी रणनीति तयार गरेर सोझै आक्रमणगर्ने साहस देखिएन । त्यस्तो नेतृत्व दिन समर्थ मानिएका कांग्रेसका यतिबेला देखिएका एकमात्र ‘हि–म्यान’ गगन थापाले पाइला अगाडि बढाएनन । गगनले त्यस्तो पाइला अगाडि बढाउने हिम्मत गरेको भए अथवा जाँगर देखाएको भए कांग्रेसको संस्थागत भूगोलपरिवर्तनको निश्चयात्मक मोडमा पुग्न सक्दथ्यो । नेपाली कांग्रेस निकै पुरानो संस्थापन भएकोले यसको अन्तर–कुन्तर नबुझी सोझै हमलागर्नु शायद युवानेताहरुलाई ठीक लागेन । तर, नेतृत्व मागेर पाईंने कुरा होइन । त्यसका लागि लडनु नै पर्दछ । अहिलेका लागि युवा नेताहरु कांग्रेसका सभापति देउवा र बरिष्ठ नेता पौडेललाई घेराबन्दीमा पारेर चुनाव लडनबाट निरुत्साहित गर्ने रणनीतिमा लागेको बुझिएकोछ । तर, दुबै बरिष्ठ नेताहरु यत्तिकैमा निरुत्साहित हुँदैनन । महाधिवेशनमा सहभागीहुने महासमिति सदस्य र महाधिवेशन ्रतिनिधिले के भन्दछन ेउवाले आफनो कार्यकालभरि नै पार्टीको हितमा कुनै काम गरेको पाइएन । सभापतिको निश्चित अवधिभन्दा डेढबर्ष बढी कुर्सीमा बसेका देउवाले महाधिबेशनका तयारी समेतगर्न सकेका छैनन ।

एमाले र माओवादी सर्लक्क मिलेको बेलामा नेपाली कांग्रेस जसरी प्रतिक्रिया शून्य भयो त्यो बिलकुलै ठीक भएन । पछि आएर, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसंग सभापति देउवाको ब्यक्तिगत सामीप्य निकै अगाडि बढेको देखियो । शहर–बजारमा कम्युनिष्ट सरकारका प्रधानमन्त्रीसंग कांग्रेस सभापतिको हित्तचित्त मिलेको चर्चा निकै राम्ररी गम्कियो । हित्तचित्त मिलेको कुराले त्यसबेला राम्रो पुट पायो जब प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटनगरे । सभापति देउवाले त्यसका बिरुध्द एक पाइलो पनि सशक्त कदम चालेनन । कोरोना महामारीले सशक्त बिरोधगर्न नदिएको कुरा गरेपनि त्यो नै सम्पूर्ण सत्य थिएन । सभापति देउवाले अरु केही नभए कांग्रेस संसदीय दलका नेताको हैसियतले संसद भवनको प्रांगणमा आफनो पार्टीका सांसदहरुलाई उभ्याएर संसद बिघटनका बिरुध्द बिरोध प्रदर्शनमात्रै गरेको भएपनि त्यसको प्रभाव दूरगामी हुने थियो । नेपालको संविधानले बनाउन खोजेको प्रणालीका मूल बिषयहरु एकपछि अर्कोहुँदै प्रहारमा परेका छन । हाम्रा सरकारका प्रमुखहरु आपूm अलिकति अप्ठेरोमा पर्ने बित्तिकै जुनसुकै समयमा चुनाव गराएर आफनो सत्तालाई सुरक्षित पार्न चाहन्छन । यो त सबैलाई थाहैछ :  पटक पटकको चुनाव देशको अर्थतन्त्रका बिरुध्दमा जान्छ । हाम्रो संसदको निश्चित समयावधि तोकिएकोछ । तै पनि किन बारम्बार चुनावको नारा लाग्ने गरेकोछ ?

कांग्रेसको चौधौं महाधिवेशन तोकिएकै मितिमा हुने नहुने टुंगो अहिलेसम्म लागेको छैन । सर्बोच्च अदालतमा प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा बिघटन गरेको मुद्दा चलिरहेकोछ । त्यो मुद्दाको टुंगो नलागेसम्म राजनीतिक अवस्था अन्योलपूर्ण रहने निश्चित नै छ । मुद्दाको टुंगो लागेर नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको हातमा सत्ताको लगाम आयो भने पनि कांग्रेसभित्रको अहिले बिद्यमान परिस्थितिमा सुधार आउने छैन । आशा गरौं, कांग्रेसको महाधिवेशन हाल तोकिएको समयमा नै हुनेछ । महाधिवेशन रीत पुर्याउनका लागि मात्रै नभएर समयको मांग अनुसार कांग्रेसको कायाकल्पगर्नका लागि हुन सकोस । त्यही नै कांग्रेसको हितमा हुनेछ ।

Comment


Related News

Latest News

Trending News