अपडेट 
२०७८ असार १४, सोमबार ०७:३९

देशको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको आगामी महाधिवेशन आउँदो भदौ महिनामा हुने भएको छ । कथमकदाचित मध्यावधि निर्वाचन हुन सकेन भने महाधिवेशन अवश्यमभावी छ । पार्टीका अधिकाँश नेता एवं कार्यकर्ताहरु पनि पार्टीलाई गतिशील एवं ऊर्जावान बनाउन महाधिवेशको विकल्प नभएको ठम्याउदै पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मिति तोक्न आग्रह गर्दै आएका थिए तर यथास्थितिवादमा नै सबै समस्याको समाधान हेर्ने मानसिकता बनाएका पार्टी सभापति देउवा संभव भए आगामी निर्वाचनसम्म महाधिवेशन लम्बियोस भने चाहना राखेका देखिन्छन् । पार्टी विधानमा व्यवस्था भएको संक्रमणकालिन धारा तथा कोरोना माहामारीको संकट पनि उनको निम्ति सहयोगी सावित हुदै आएको छ । महाधिवेशनलाई रोकेर पार्टी संगठन ऊर्जावान र जीवन्त हुन सक्दैन । आगामी डेढ वर्ष भित्र तीनवटै तहको निर्वाचन हुने निश्चित छ । यथास्थितिमा पार्टीले सफलता पाउन सक्दैन । अघिल्लो निर्वाचनमा पार्टीले भोगेको असफलताको सुक्ष्म एवंम यथार्थपरक विश्लेषण गर्दै समय सापेक्ष नीति एवं कार्यक्रम मात्रै होईन कि पार्टीको नयाँ नेतृत्वमा पनि आवश्यक भएको छ । महाअधिवेशनले पार्टीका नेता र कार्यकर्तालाई उत्साही एवं ऊर्जावान बनाउनुका साथै पाटी संगठनमा पनि प्राणवायुको सन्चार गर्ने गर्दछ, तसर्थ महाधिवेशनवाट भाग्नुको अर्थ समस्या समाधान र सफलतावाट पनि भाग्नु हो ।

आगामी महाधिवेशनमा नेपाली काँग्रेसले दलित, मधेशी, जनजाति, गरीब एव मजदुर वर्गको भावना एवंम चाहनालाई प्रतिनिधित्व गर्ने नेताको चयन गर्नु पार्टीको निम्ति लाभकारी सावित हुनेछ । त्याग, तपस्या एवं बलिदानको इतिहास तथा विरासत (उत्तराधिकार) बोकेका स्वच्छ एवं इमान्दार छविका नेतालाई अवसर दिनु आवश्यक छ । आगामी महाधिवेशनमा पार्टीले विगतका कमी कमजोरीको समीक्षा गर्नुका साथै बलियो नेपाल कम्युनिस्ट पार्टीसित तथा मधेशमा जसपा सित मुकाविला गर्न सक्ने खालको प्रस्ट नीति एवं कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ । साढे तीन वर्ष अघि सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले पूर्णतः अराजनीतिक चरित्रको परिचय दिने काम ग¥यो । बामपन्थी गठबन्धनसित प्रतिस्पर्धा गर्ने कुनै ठोस चुनावी रणनिति तथा गठबंधन ऊ सित थिएन् । बिगत ३० वर्षको राजनीतिक घटनाक्रमलाई नियालेर हेर्ने हो भने नेपाली काँग्रेसको सफलताको प्रतिशत पचार–पचासको रहेको छ । वि सं. २०४८ सालमा भएको आम–निर्वाचनमा पार्टीले एकमना सरकार बनाउने जनादेश हासिल गरेको थियो तर तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको हथ एवंम अहङ्कारका कारण पार्टीले विनाकारण मध्यावधि चुनावको सामना गर्नु प¥यो । वि.सं. २०५१ सालको आम निर्वाचनमा पार्टीले दोश्रो स्थानमा चित बुझाउनु प¥यो । वि.सं. २०५६ सालको आम निर्वाचनमा पार्टीले बहुमत हासिल ग¥यो भने वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नु प¥यो । वि.सं. २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीले सबैभन्दा ठूलो दलको रुपमा सफलता हासिल ग¥यो र २ वर्ष सम्म सरकारको नेतृत्व पनि ग¥यो ।

वि.सं. २०७४ सालको संसदीय निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ तेस्रो स्थानमा चित बुझाउनु प¥यो । समानुपातिकको मतका कारण मात्रै यो पार्टी प्रतिपक्षी दलको स्थानमा रहने जनादेश हासिल ग¥यो । नेपाल काँग्रेसको मत प्रतिशतमा पनि क्रमिक रुपमा ह«ास आईरहेको छ । साढे तीन वर्ष अघि भएको निर्वाचनमा पार्टीले किन र कसरी असफलता भोग्नु प¥यो त्यसको समीक्षा भएन ? चुनावमा भएको ठूलो पराजयका कारण पार्टी सभापतिले त्यसको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएर नैतिकताको आधारमा पदवाट राजीनामा गर्नु पर्दथ्यो तर उल्टै चुनावमा अन्तरघात गर्नेहरुको फेहरिस्त बनाउन लगाई कथित अनुशासनात्मक कारवाहीको तरवार चलाउन थाले । पराजयलाई पार्टीको नियति ठान्ने काम भयो । कार्पेट मुनि धुलो लुकाएर घर सफा भएको मान्न नसकिए जस्तै पराजयको गहन समीक्षा विना नै पार्टी संगठन ऊर्जावान भएको पनि मान्न सकिदैन् । राजनीतिक लडाई राजनीतिक तरिकाले नै लडन सकिन्छ । अविश्वसनीय एवं खोक्रो नाराले जनतालाई भ्रमित पारेर चुनावी सफलता हासिल गर्ने दिन अव गईसकेको मान्नु पर्दछ । जनतालाई नारा र बहाना होईन् , धरातलका काम भएको चाहिन्छ । वर्तमान अवस्थामा ओली सरकार जनतामा अलोकप्रिय भईरहेको छ भने त्यसको प्रमुख कारण उनले धेरै ठूला र आकर्षक नारा दिने काम मात्रै गरे तर त्यसलाई धरातलमा उतार्ने कुनै प्रयास नै गरेनन् । नेपाली काँग्रेस र यसको नेतृत्व माथि जनताले किन विश्वास गर्ने ? भन्ने प्रश्नको जवाफ पनि पार्टीले, पार्टीको नेतृत्वले नै दिनु पर्ने हो ।

सिद्धान्तके कुरा गर्ने हो भन्ने पनि नेपाली काँग्रेस र देशका कम्युनिष्ट पार्टीहरु वीच नीतिगत रुपमा कुनै अन्तर नै देखिएन् । संविधान निर्माणकै कतिपय विषयमा साना–तिना असहमति देखिए पनि तीनवटै दलहरुले मिलेर सहमतिमा नै संविधान जारी गरे । संविधान निर्माणमा नेपाली काँग्रेसको भूमिका अग्रणी एवं महत्वपूर्ण थियो तर त्यसको यश ने.क.पा. लाई प्राप्त भयो जवकि तराई मधेशका जनताको चाहनालाई महत्व दिएन भन्दै नेपाली काँग्रेसले त्यहाँ पनि पराजय भोग्नु प¥यो । नेपाली काँग्रेस आफ्नो यस उपलब्धिलाई जनता माझ प्रचारित गर्न सकेन । ् वि.सं. २०६३ साल देखि २०७४ साल सम्म देशमा भएका प्रायः सबै जसो महत्वपूर्ण राजनीतिक निर्णयहरुमा तीनवटै दलको सहमति रही आएको छ । एक अर्काको नेतृत्वमा बनेका सरकारहरुमा सहभागी पनि भई आएका छन् र भोलिका दिनमा पनि यदि यस्तो खालका समीकरणमा कुनै सरकार अस्तित्वमा आउँछ भने त्यसमा पनि सहभागिता देखाउने सम्भावना कायमै छ । लोकतन्त्रमा जव सत्तापक्ष र प्रतिपक्ष मिलेर एउटै भाषा बोल्न थाल्दछ अनि जनता भ्रमित हुन जान्छ । विगत साढे तीन वर्षमा नेपाली काँग्रेसले सशक्त प्रतिपक्षीदलको भूमिकाको निर्वाह पनि गर्न सकेन जबकि ओली सरकार माथि विभिन्न थरिका आरोपहरु लागे । नेपाली काँग्रेसले चाहेको भए यसलाई मुद्धा बनाई बिरोध प्रदर्शन गर्न सक्दथ्यो तर नत पार्टी सभापति शेरबहादुर देउवा न त पार्टी महामन्त्री शशांक कोईराला नै यसमा सक्रिय भूमिकाको निर्वाह गरे । पार्टी सभापति देउवाको सक्रियतामा कमी आएको छ । प्रमुख प्रतिपक्षी दल यति बढी निस्क्रिय भएर बस्नु ठीक हुँदैन । नेपाली काँग्रेस भन्दा बढी सरकारको विरोध त सत्ताधारीदलका नेताहरुको नै गरेका छन् । सत्ताधारीदलका नेताहरुको विरोधका कारण र सरोकारवाला तथा काठमाडौंका जनताको विरोधका कारण ओली सरकारले कतिपय विधेयक फिर्ता लिनु प¥यो ।

नेपाली काँग्रेसको सात दशक लामो राजनीतिक इतिहासमा लोकतन्त्र तथा देशको निम्ति धेरै नेता एवंम परिवारले त्याग, बलिदान एवं समर्पण गरेका हुन तर एक्लो कोईराला परिवारलाई मात्र देवत्व प्रदान गर्ने काम भएको छ । नेपाली काँग्रेसमा गणेशमान सिंह, सुवर्ण शम्शेर र सुर्य प्रसाद उपाध्यायको योगदान पनि कम छैन । उपरोक्त नेताहरुका नाम र योगदान नेपाली काँग्रेसको निम्ति अथाह धरोहर र अमूल्य निधि हुन् । नेपाली काँग्रेसले यदि उपरोक्त नेताहरुको नाम र सम्मान गर्ने सकेन भने भोलीका दिनमा कुनै अन्य पार्टीले उपरोक्त नेताहरुको नाम र त्यागलाई आफ् नो पक्षमा उपयोग गर्न सक्ने छन् । एक्लो कोईराला परिवारको महिमा मण्डन गर्नमा मात्रै नेपाली काँग्रेस सीमित र केन्द्रित रहयो भने भोलीका दिनमा नेपालमा पनि कुनै नयाँ संगठन र नेताले नेपाली महापुरुषहरुको नाम र योगदानलाई आफ्नो निम्ति उपयोग गर्न सक्ने छन् । नेपाली काँग्रेसको सबैभन्दा ठूलो समस्या भनेको पार्टीले समयको मागलाई पहिचान गर्न नसक्नु पनि हो । एकातिर राष्ट्रवादको सवालमा पार्टीले नेपाली जनताको मनोभावलाई बुझ्न सकिरहेको छैन् भने अर्काेतिर ओली सरकारको कमजोर पक्षलाई पहिचान पनि गर्न सकिरहेको छैन् । देशका युवा, किसान, मजदुर, दलित, मधेशी र जनजातिलाई आफ् नो पक्षमा पनि पार्न पार्टी प्रष्ट नीति एंव कार्यक्रमका साथ जनतामा आउनु पर्दछ । पार्टी सभापति देउवा र कोईराला परिवारको सीमित घेरावाट पनि पार्टी वाहिर आउन आवश्यक छ । पटक–पटक देशका प्रधानमन्त्री र पार्टी सभापति भइ सकेका शेरबहादुर देउवावाट पनि पार्टीको कायाकल्प हुन सक्दैन । नेपाली राजनीतिका लौहपुरुष एवं ऐतिहासिक जनआन्दोलन २०४६ सालका कमान्डर त्याग, समर्पण एवं निष्ठापरक राजनीतिका पर्याय गणेशमान सिंह प्रति आदर सम्मान व्यक्त गर्न पनि नेपाली काँग्रेसको आगामी महाधिवेशनमा प्रकाशनमा सिंहलाई पार्टीले नयाँ सभापति बनाउन काँग्रेसको हितमा हुनेछ ।

एक किसिमले यो गणेशमान सिंह मात्रै होइन अपित स्वा. बी.पी. सुवर्ण शम्शेर, सूर्य प्रसाद उपाध्याय तथा यस्ता अनगिनत प्रजातन्त्रका महत्वपूर्ण योद्धाहरु प्रति श्रद्धान्जलि पनि हुनेछ । हुनत महेन्द्र नारायण निधिका सुपुत्र विमलेन्द्र निधि, गिरिजा बाबुकी सुपुत्री सुजाता कोइराला, वि.पि.पुत्र डा.शसांक कोइराला र शेखर कोइराला पनि पार्टी अध्यक्ष पदमा दाबी गरिरहेका छन् । समयको माग र चाहना अनुसार नेपाली काँग्रेसको घोषणापत्रमा प्रष्ट दृष्टिकोण, राष्ट्र विकास प्रतिको प्रतिबद्धता र विश्व राजनीतिमा बदलिदै गएको घटनाक्रमहरुको परिप्रेक्षमा नवीन दृष्टिकोण र नयाँ नेतृत्वको पनि खाँचो छ । वर्तमान अवस्थामा राष्ट्रनीति, राजनीति, परराष्ट्रनीति र काँग्रेसनीतिमा पनि व्याप्क परिमार्जनको खाँचो छ । यथास्थितिवादमा समाधान खोज्ने नेपाली काँग्रेसको प्रयास सफल हुने छैन् ।

Comment


Related News

Latest News

Trending News