अपडेट 
२०७८ असार १४, सोमबार ०७:५७

गौर । रौतहटको वृन्दाबन नगरपालिकाको पाचौ नगरसभा आइतबार सम्पन्न भएको छ ।

अगामी आर्थिक वर्षको लागि असार १० गते सम्म बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेकोमा प्राविधिक समस्याको कारण ढिलो भएर नगर सभाको अधिबेशन सम्पन्न भएको छ । आर्थिक वर्ष ०७८÷०७९ को लागि नगरपालिकाले ५५ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ । नगर प्रमुख राम स्नेही यादवले १० पृष्ठ लामो नीति तथा कार्यक्रममा संघीय सरकारको सशर्त अनुदान तर्फ २१ करोड ६ लाख , वितिय समानीकरण तर्फ १२ करोड ८५ लाख र राजश्व बाडफाड तर्फ ९ करोड ४८ लाख ३३ हजार , प्रदेश सरकारको तर्फबाट सशर्त अनुदान तर्फ डण् लाख वितिय समानीकरण तर्फ ८७ लाख १३ हजार , राजश्व वाडफाट तर्फ ३५ लाख , समपुरक अनुदान २० लाख , विशेष अनुदान ३० लाख र ८ करोड आन्तरिक आय अनुमान गर्ने आनुमन गरिएको छ । समृद्ध नगर, खुसि नगरबासीको लक्ष्य सहित सार्वजनिक गरिएको नीति कार्यक्रममा सम्मुनत ,सुरक्षित तथा बातावरण मैत्री सुन्दर शहर , सुशासनयुक्त पर्यटकीय र समृद्ध वृन्दावननगर भन्ने दुर दृस्टी सहित नगरको एकीकृत विकासका लागि गुरुयोजना बनाउनेमा जोड दिइएको छ । शिक्षा प्रणालीलाई आर्थिक सामाजिक रुपान्तरणको संवाहकको रुपमा स्वास्थ्य नगरवासी ,समृद्ध नगर भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । कृषि , पूर्वाधार , खेलकुद , महिला सशक्तिकरण , युवाको विकासमा विशेष जोड दिइएको नगर प्रमुख यादवले बताए ।

नीति कार्यक्रम प्रस्तुत गरेपछि नगर अधिवेशनलाई सम्वोधन गर्दै नगर प्रमुख यादवले यो बजेट अवधिको अन्तिम बजेट भएकोले रचनात्मक ढंगको विकासको कार्य गर्नु पर्ने निर्वाचित जान प्रतिनिधिहरुलाई आग्रह गरे । विकास निर्माणको कार्य साउन महिनादेखि नै तिब्र रुपमा गर्नु पर्नेमा जोड दिदै मेयर यादवले आ आफ्नो दायित्व राम्रो संग निर्वाह गर्दै जनताको मन जित्ने कार्य गर्न सुझाव दिए । जनताको इच्छा आकांक्षा पुरा गर्ने जनप्रतिनिधिको कर्तव्य रहेकोले सोहि अनुसार कार्य गर्न निर्देशन समेत दिए । नगर सभामा निर्वाचित जनप्रतिनिधिहरुको पूर्ण उपस्थति रहेको तथा शान्तिपूर्ण बातावरणमा नगर सभा सम्पन्न भएको नगर सभाका सचिव एवं निमित प्रमुख प्रसासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् । रौतहटमा रहेको १८ स्थानीय तह मध्ये १५ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याई सकेका छन् भने बौधीमाइ नगरपालिका , देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले बजेट ल्याउन सकेका छैन ।

Comment


Related News

Latest News

Trending News