अपडेट 
२०७८ असार १६, बुधबार ०७:२३

जनकपुरधाम । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)को आन्तरिक विवादले प्रदेश सभाको बैठक प्रभावित भएकोछ ।

बजेट भाषण भएकै दिन असार १ गते विपक्षी सभासदहरुले संसदिय विकास कोषमा रकम बृद्धि गर्नुपर्ने मागगर्दै बैठक अबरुद्ध गरेका थिए । विपक्षीहरुको अबरोधको कारण स्थगित भएको बैठक १५ गते मंगलवार दिउँसो २ बजे बोलाइएको थियो ।तर आवश्यक तयारी नपुगेको प्रदेश सरकारको सुचनाको अधारमा २३ गते सम्मका लागि स्थगित गरिएकोछ । तर प्रदेशसभाको बैठक किन स्थगित भएको भने सटिक जवाफ कतैबाट आएको छैन् ।प्रदेश–२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सदनमा छलफलका लागि बजेट सम्बन्धी आवश्यक तयारी पुरा भइसकेको बताए ।‘बजेट प्रस्तुत गरिएकै दिनपनि छलफल प्रारम्भ भएको थियो’ उनले भने, तर विपक्षीहरुले अबरोध गरेको कारण बैठक स्थगन भएको हो । बैठक सञ्चालन गर्न प्रदेशसभालाई कुनै समस्या नरहेको जनाउँदै सभामुख सरोज कुमार यादवले सरकारको आग्रहमा नै बैठक सारिएको बताए । ‘प्रदेश सभाको बैठक सञ्चालनका लागि हामी तयारी अवस्थामा छौ’ उनले भने, तर बैठकका लागि बिजनेस त प्रदेश सरकारले दिनुपर्ने हो । कोरोनाभाइरसको कारण प्रदेश सरकारले विभिन्न शीर्षक मार्फत स्वास्थ्य क्षेत्रमा अत्यधिक बजेट बिनियोजन गरेकोछ ।

अन्य बिभिन्न क्षेत्रको बजेटमा कटौती गरिएकोछ ।बजेटको सिलिंग साढे १८ अर्ब मात्र रहेकाले त्यसैको परिधि भित्र रहेर विनियोजन गर्नुपर्ने बाध्यता रहेको आर्थिक मामिला मन्त्री यादवले बताए । तर प्रदेशका मुख्यमन्त्री कार्यालय मातहत रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम र मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमलाई हटाइएपछिपनि विवाद चुलिएकोछ ।मुख्यमन्त्री राउतले त्यो कार्यक्रम कटौतीबाट असन्तुष्ट देखिएका छन् ।हाल स्वच्छता अभियान भौतिक पूर्वाधार विकास मन्त्रालयमा र बेटी पढाउ, बेटी बचाउ कार्यक्रम समाजिक विकास मन्त्रालयमा गाभिएकोछ । सरकारको कार्यबिधि र नीति तथा कार्यक्रमको भित्र रहेर नै बजेट निर्माण गरिएको उल्लेखगर्दै मन्त्री यादवले भने, बजेटमा त्यस बाहेक केहि भएको छैन् ।उनले भने ,रातो किताब सभासदहरुलाई अहिले उपलब्ध गराइएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव, नेताहरु महेन्द्र यादव र रेणु यादव समेतले प्रदेश सरकारको विवादलाई मिलाउने प्रयास गरेका हुन् ।उनीहरु जनकपुरधाममै बसेर विवाद मिलाउने प्रयास गरेकाले योजनाहरु पुनःमिलानका कारण रातो किताबमा समय लागेका बताइएकोछ ।

अब आउने रातो किताबमा बजेटमा समावेश भएका योजनाहरुको विस्तृत बिवरण रहनेछ ।

Comment


Related News

Latest News

Trending News