२०७८ असार १६, बुधबार ११:४०

बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News