अपडेट 
२०७८ असार १६, बुधबार १७:०८

नेपालमा बुधबार थप २ हजार ८ सय ९२ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ एन्टीजेन परिक्षणका क्रममा एक हजार ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ हजार ५ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३३ लाख ४४ हजार १३३ वटा पिसिआर र १ लाख ८८ हजार ८११ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News