अपडेट 
२०७८ असार १७, बिहीबार १६:४६

पछिल्लो २४ घण्टामा धनुषामा विहिवार १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार बुधवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५६ रहेकोमा विहिवार १३ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १६१ रहेको छ भने आज धनुषामा निको हुनेमा ७ जना रहेको तथ्यांकले देखाएको छ । विहिवार ३८ जना ले पिसिआर परिक्षण गराएकोमा १३ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये १५२ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ६ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या ३ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ ।
विहिवार कोरोना संक्रमणका कारण धनुषा लक्ष्मीनिया गाउपालिका ५ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको जनाइएको छ ।उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०८ रहेको छ ।

Comment


Related News

Latest News

Trending News