अपडेट 
२०७८ असार १८, शुक्रबार १२:२७

शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News