अपडेट 
२०७८ असार १९, शनिबार १५:११

पछिल्लो २४ घण्टामा भारतमा थप ४४ हजार १११ जनालाई कोरोना संक्रमण भएको छ ।

२४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको जनाइएको छ । भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या बढ्दै गएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको बताइएको छ । अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामा रहेका छनभने अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको भारतीय सञ्चार माध्ययाले जनाएका छन् ।

कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् । तथ्याङ्कलाई हेर्दा भारतमा संक्रमणमुक्त भएकाहरूको संख्या ९७.०६ प्रतिशत रहेको छ ।

Comment


Related News

Latest News

Trending News