जनकपुरधाम । केही दिनदेखि परेको अविरल वर्षाले जनकपुरधाम उप महानगरपालिका–२५ लोहनामा आधा दर्जन घर भत्किएको छ ।
स्थानीय गÞुलाम रसूल राईन, नथुनी राईन, हरि चन्द्र सदा, गंगा साह लगायतका घर वर्षाले गर्दा पुर्न रुपमा क्षतिग्रस्त बनेको छ । मुस्लिम टोल निवास गÞुलाम रसूल राईनको घर क्षतिग्रस्त भएकाले उनी स्थानिय मदरसा कादरिया बरकातियामा शरण लिएका छन् । यस्तै, एक दर्जन घरको पर्खाल क्षतिग्रस्त भई भत्किने अवस्थामा पुगेको छ । घर विहीन रहेका र हाल भाड़ामा बस्दै गरेका मो.महबूब शेषको घरको पर्खाल भत्केको छ । उनले प्रदेश सरकार र स्थानिय सरकारसंग क्षतिपूर्तीको माग समेत गरेका छन् । वर्षाको पानीले पासवान टोलमा माटोका कयौ घरहरूमा क्षति पुर् याएको स्थानीयहरुले बताए । पासवान टोलका रामा पासवान, अमोद पासवान भावुक हुदै सरकार संग तत्काल राहत माँग गरेका छन् । वर्षाको बेला हरेक वर्ष जनधनको क्षति हुने गरेको छ । स्थानीय गÞुलाम रसूलले सरकारको बजेट बाटो निर्माणमा केन्द्रित रहेकाले वर्षाको बेला हुने गरेको क्षतिले गÞरीब जनताले सरकार संग पाउने राहत को अनुभूति महशुश नभएको बताए ।


