२०७८ असार २०, आईतवार ०८:१८

जनकपुरधाम । कमला नदीको बाढीले धनुषातर्फ बाँध कटान गरेपछि स्थानीय त्रसित भएका छन् ।

किरतपुर र ढोलबज्जमा कमलाको बाढीको कटानले बाँध जोखिममा परेको हो । ४ दिन यता सय मिटर भन्दा बढी उब्जाउ जग्गा कटान गरी बाँध नजिकै खोला आइपुगेको छ । धनुषा तर्फ किरतपुर र ढोलबज्जमा कमलाको बाढीको कटानले बाध जोखिममा परेको हो । पछिल्लो ५ दिन यता ३० बिग्हा भन्दा बढी खेत कटान गर्दै पानीको बहाव बाध छेउमा आइपुगेको हो । सय मिटर भन्दा बढी उब्जाउ जग्गा कटान गरी बँध नजिकै आएको बाढीले ५ सय मिटर बाध बगाउने खतरा रहेको कमला नदी नियन्त्रण आयोजनका इन्जिनियर गुदरी यादवले बताए । सबैला–१३ किरतपुरका रामनारायण यादवले बाढीको त्रासले रातीको निन्द्रा हराएको बताए । नदीले ५ दिनमा ३ बिग्हामा लगाएको उखु र मकै बगाएर लगेको र गाउ नै जोखिममा रहेकोले त्रासले रातीको समय निदाउन नसकेको उनले बताए । बाढीले कटान गरी चास बग्यो, बाध भत्किए बास पनि गुम्ने चिन्ताले रातीको निन्द्रा हराएको छ, यादवले भने, ‘नदीमा पानीको बहाब घटदा बाध कटान हुने खतरा बढेको छ । नदीमा पानीको बहाब उच्च हुदा कटान हुदैन ।

बहाब जति घट्दै जान्छ कटान बढ्दै जान्छ । खेत कटान हुदै विस्तारै नदीले बँध पनि कटान गर्छ ।’ बाध भत्किए धनुषाको पुर्वी क्षेत्र सबैला नगरपालिका, शहीद नगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउपालिका डुवानमा पर्ने जोखिम छ । अविरल वर्षाका कारण आएको बाढीले धनुषाको पुर्वी बाधमा कटान गर्ने जोखिम बढेको र नियन्त्रणकालागि पहल भइरहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । अर्थ मन्त्रालयले आपतकालिन बजेट कटौति गर्दा कटान हुन लागेको बाध मर्मत गर्न समस्या भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News