२०७८ असार २०, आईतवार १५:३४

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञालाई थप खुुकुलो बनाइएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले थप खुकुलो गर्दै निषेधाज्ञालाई कायम राखेको छ । कोरोना संक्रमणको दोस्रो लहर समुदाय स्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमणको श्रृङ्खला तोड्न निषेधाज्ञा उपयोगी देखिएको भन्दै परिमार्जितसहित निषेधाज्ञा जारी राख्ने निर्णय समितिले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको छ । केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

समितिले घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News