वीरगञ्ज । नेपाली राजनीतिका शिखर पुरुष एवम् पुर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आइतबार वृक्षारोपन कार्यक्रम गरेको छ ।
फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपन गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताए । स्व. गिरिजा प्रसाद कोईरालाको ९८औं जन्म जयन्तीको अवसरमा फाउण्डेशन पर्साले तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । साल,सिसम,बेल,सफेदा,खैर,और ा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा बिरुवा रोपन गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपन गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए । फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो । असार २१ गते रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगरमा विहान ७ः३० बजे गर्ने भएको छ भने असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही पचिस हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा धुव्र नेपाल,दिना गुप्ता,श्याम कुमार पोख्रेल,रामरुप प्रसाद कुर्मी,सन्तोष सिहं,शैलेन्द्र उपाध्याय,शिवओम लामिक्षाने,भैयाराम पटेद,नविन सिहं,अमृतलाल जोशि,जंगबहादुर पटेल,किशोर सिहं फजिल अंसारी,मो.अबु हवारी,अब्बास देवान,शंकर महतो,गोपी महतो,वहाब अंसारी लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।


