अपडेट 
२०७८ असार २१, सोमबार ०८:१९

प्रतिनिधिसभा विघटनविरुद्धको बहस आज सकिँदै छ । प्रतिनिधिसभा दोस्रो पटक भएको विघटनको ४५ दिनपछि आज सबै बहस सकिँदै छ ।

आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ । जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ । रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ ।

जवाफी वहसमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले जवाफी बहस सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सबै तिरबाट असफल भइसके पनि नैतिकता गुमाएर फेरि त्यही पदमा दोहोरिन खोजेको टिप्पणी गर्नु भएको थियो । उहाँले प्रधानमन्त्री ओलीले नैतिकता नदेखाएपछि अहिलेको परिस्थिति आएको बताउँदै प्रधानमन्त्री ओलीले अब कब्जा गर्न बाँकी सभामुख मात्रै भएको तर्क गर्नु भएको थियो ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नु हुने छ । रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुने छ । सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ । पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्दामा अब ४ घण्टा मात्र बहस हुनेछ ।

आज सम्पूर्ण बहस सकिए पछि सर्वोच्च अदालतले फैसला गर्ने छ ।

Comment


Related News

Latest News

Trending News