अपडेट 
२०७८ असार २१, सोमबार १७:१३

नेपालमा सोमबार थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परिक्षणका क्रममा थप ८७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ३ सय ६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् । त्यस्तै थप २ हजार २ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ११ हजार २९ जनाले कोरोना संक्रमित जितेका छन् । हाल नेपालमा २५ हजार ६९० सक्रिय संक्रमित आइशोलेशन र ३१७ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ७६ हजार ४१ वटाा पिसिआर र २ लाख ८ हजार २ सय ७६ वटाा एन्टीजेन परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News