२०७८ असार २२, मंगलवार ०७:२१

जनता समाजवादी पार्टी( जसपा)को आधिकारिकता सम्बन्धी विवादमा मंगलवार निर्वाचन आयोगमा सहमतिका लागि छलफल हुने भएको छ ।

निर्वाचन आयोगमा एकताका लागि छलफल हुनु अगावै जसपा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको अनौपचारिक बैठकमा ठाकुर स्वयंले नयाँ दल दर्ताको तयारी थाल्न प्रस्ताव गरे ।‘असार २९ गते राजपा नामको कुनै व्यक्तिको नाममा दल दर्ता गर्नु पर्यो’ बैठकमा सहभागि एकजना सदस्यले ठाकुरको भनाई उद्घृतगर्दै भने, त्यसमा महतोलेपनि लामो व्याख्यागर्दै सहमति जनाए । तर सहभागि लक्ष्मण लाल कर्णले अध्यक्षमा नाम दिएकै व्यक्तिले पद नछाडन चाहे समस्या आउने भएकाले आयोगको निर्णयलाइ नै कुर्नु उपयुक्त हुने बताए ।उनले पार्टीको आधिकारिकता जता रहे त्यै पक्षमा रहनुपर्ने कानुनी बाध्यता समेत भएको तर्क दिए । आयोगमा हुने छलफलमा सो समुहका शीर्ष नेता मध्यममार्गीहरु कोही सहभागि नहुने भएका छन् ।हरेस खाएका ठाकुरले निराशाजनक अभिव्यक्ति बैठकमा दिएपछि अन्य सदस्यहरुले आधिकारिकताको मैदानबाट बाहिरिएको महसुस गरे । नयाँ दलको दर्ता सम्बन्धी ठाकुरको कथनलाई उपयुक्त स्थानमा नआएको भन्दै तत्कालै मिडियामा सार्वजनिक हुने बताए ।बैठकमा सहभागि केशव झा, सुरेन्द्र झा र मुकेश मिश्र तर्फ लक्षितगर्दै उनले नयाँ दल गठनको विषय तत्काल बाहिरिएर निर्वाचन आयोगमा समेत अप्ठ्यारो हुने बताएपनि केहि बेर छलफल चलेको थियो । आयोगमा छलफलका लागि शीर्ष नेताहरु सहभागि हुन अस्वीकार गरेपछि लक्ष्मणलाल कर्णलाई जान भनिएकोछ ।सो छलफलमा उमाशंकर अरगडिया, केशव झा, सुरेन्द्र झा र मुकेश मिश्र जाने भएका छन् ।

शरतसिंह भण्डारी जान इच्छा व्यक्त गरेपनि अनिल झाले अस्पताल जानुपर्ने भन्दै टारेपछि भण्डारीलेपनि नाम हटाएका थिए । बैठकमा पूर्व मन्त्री राजकिसोर यादव, अमृता अग्रहरी लगायतका नेताहरुको सहभागिता थिएन् ।उनीहरुले जसपाको बैठक बहिष्कारगर्दै आएका छन् ।पार्टीमा ठाकुर– महतोले मनपरि गरेको उनीहरुको आरोप छ । बैठकका एकजना सहभागिका अनुसार आयोगको छलफलमा कार्यकारिणी समिति पूनर्गठनको विषयमा अडान लिने र सो अनुसार बहुमतको अधारमा निर्णय गर्न दवाव बनाउने बताइएकोछ । ठाकुर –महतो समुहले कार्यकारिणी समिति पुनर्गठन गर्ने कुनै अधिकार नपाएको दावीगर्दै उपेन्द्र यादव समुहले किर्तेजालसाजीको आरोप लगाएका छन् । यादव समुहको बैठकले आयोगको छलफलमा अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी लगायत सहभागि हुनेछन् ।आधिकारिकता पाउनेमा विश्वस्त देखिएका यादव समुहले प्रतिगमनको कित्तामा रहे सम्म एकता नहुने बताएकोछ । दुवै पक्षले छलफलको पूर्व सन्ध्यामा आयोगमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

Comment


Related News

Latest News

Trending News