अपडेट 
२०७८ असार २२, मंगलवार ०७:३२

वर्षाको मौसम कुनै श्रृङ्गारिक र प्रकृतिवादीकविको निम्ती एउटा आह्लादकारी र मुग्धकारी कल्पना हो । वर्षाकोआह्लाद र आनन्द, त्यति बेला अनुभूत हुन्छ, जतिबेला मानिस सबै किसिमले समृद्ध र सुरक्षित हुन्छ । तर नदिकिनारमा असुरक्षित बसोवास र वर्षै पिच्छे सामान्य वर्षामा पनि पानीको पर्याप्त निकास नभएर गाउँघर र बस्ती नै पोखरीमा परिणत हुनेहरुको निम्ती बर्षाको मौसम दुःस्वप्न र दुःखद् कल्पना हो । ठुल्ठुला भवन र महलमा बस्नेहरुको निम्ती त विगत जस्तै यस वर्षको वर्षा पनि प्रकृतिको मनोहारी दृश्य र समय रहयो होला । तर वर्षाबारे खबरहरु हे¥यो भने,जनसामान्यको निम्तीविगत जस्तै यसपालीको वर्षा पनि दुःखद नै देखिएको छ । यद्यपि वर्षाको मौसम अझै बाँकी नै छ । मौसम बारे गरिएका पूर्वानुमानमा यस वर्ष सामान्य भन्दा बढी वर्षा हुने भनिएको छ । य

स्को तात्पर्ययसवर्ष वर्षाको दुःख बढी नै छ । यो दुःखको दोषी प्रकृति हो भन्ने होइन । वर्षा प्रकृतिको नियमहो, यस्ले पृथ्वीमा जीवन सञ्चार गर्छ । यस अर्थमा प्रकृतिलाई धन्यवाद दिनु पर्छ । यो दुःख कारण आफै हो । नदीहरुमा आउने बाढीबाट हुने क्षतिको सम्भावना न्यूनीकरण गर्न नसकेर, बस्तीहरुमा नालाहरुको उचित व्यवस्थापन गरेर पानी निकासको समुचित व्यवस्थापन गर्न नसकेको कारण नै वर्षाको दुःखभोग्नु परेको हो । को हो यस्को निम्ती दोषी ? निश्चय नै यस्को निम्ती हाम्रो राजनैतिक व्यवस्था र जनप्रतिनिधिहरु जिम्मेवार छन् । हरेक वर्ष संघीय संसद, प्रदेश संसद र स्थानीय सरकारहरु बजेट निर्माण गर्छन । त्यस बजेटबारे संसदहरुमा छलफल हुने गर्छ । सांसद र जनप्रतिनिधिहरुले आफ्नो निर्वाचन क्षेत्र, गाउँ–नगर र वडामा बजेट लैजान संघर्ष गर्छन, मारामार गर्छन्, लैजान्छन् । हरेक वर्ष विकास योजना गाउँमा पुग्छ, उपभोक्ता समिति बन्छ, ठूला योजनाहरुको ठेक्का लाग्छ । दिर्घकालीन योजनाहरुमा पनि नियमित बजेट जान्छ । उपभोक्ता समिति र ठेकेदारहरुले सरकारी निर्देशन र अनुगमनमा सडक, पुल, पुलेसा, नाला आदि विकास कार्यहरु गर्छन् । समग्रमा हरेक वर्ष पुल, पुलेसा, सडक, नहर र नाला जस्ता आधारभूत संरचना निर्माण र विकासमा अर्बौँ खर्च हुने गर्छ । तर हरेक वर्ष बर्षाले सडक, नाला र पुलपुलेसाहरु भत्किन्छन् । हरेक वर्ष नगर र गाउँहरु वर्षामा पोखरीमा परिणत हुने गर्छ । हरेक वर्ष गरीब बस्तीहरुमा डुबानका कारण घर र झुप्राहरु भत्किने गर्छन् । यस्तो किन हुन्छ ? किनहरेक वर्ष बजेट विनियोजन गर्दापनि एउटै सडक र एउटै नालावर्षै पिच्छे भत्किँदो रहेछ वर्कबुकमा सरकारी इन्जिनियर र ओभरसियरहरुले भरेको तथा उनिहरुले सम्बन्धित निकायमा पेश गरेको प्रतिवेदन हेर्नु भयो भने, त्यसमा नियमित अनुगम नगरिएको पाउनु हुनेछ ।

अतिभयो भने मात्रै, होइनभने निर्माण आयोजनाका वर्कबुकहरुमा ठेकेदारहरुले राम्रै काम गरेको देखाइएको हुन्छ । तर दिक्कदार के छ भने कम गुणस्तरको काम गरेको कारण निकालिएको उही ठेकेदार वा निर्माणकम्पनी अर्को आयोजना सहजै प्राप्त गर्छ । भन्नु पर्छ र ? कारण सबैलाई थाहा छ – भ्रष्टाचार । यस व्यवस्थाको नसानसामा भ्रष्टाचारको रगत बगेको छ । अर्को शब्दमा भनौँ भने यस व्यवस्थाको जीवन रेखा नै भ्रष्टाचार बनेको छ । आजकाल सामाजिक सञ्जाल र स्थानिय मिडियाको व्यापकताको कारण सूचनाको श्रोत दुर्गम भनिएको ठेठ देहातसम्म पुगेको छ । यस्तै एउटा स्थानिय विद्युतिय मिडियाले एउटा गाउँमा असारे विकासको नमूना प्रस्तुत गर्दै थियो । धनुषाको पूर्वीक्षेत्रको एउटा गाउँमा माटोबाटोमा विकासको नाममा सडकहरुमा माटो हालिएको थियो । माटो हालेकै दिनबर्षा भएर हिलै हिलो भएर बाटो नहिडने स्थिति बन्यो । सडकमा हालेको माटो वर्षामा बगेर जानू त स्वाभाविक नै भयो । यस्तै, त्यसै गाउँको अर्को वडामा बाटोको पक्की ढलान गरियो । तर बाटो छेउमा नाला नभएकोले सबै घरमा पानी जमेर बस्नै नसक्ने स्थिति थियो । बाध्यतामा गाउँलेहरु सडकको ढलान फुटालेर नाला खन्दै थिए । ढलान पनि कुन बलियो र गुणस्तरियथियो र ! ढलान फुटाल्न बेर नै लागेन । घन्टा–दुईघन्टाको मुसलधारे वर्षामा जनकपुरधाम, गौर, वीरगन्ज लगायत काशहरहरु पोखरीमा परिणत भएको त हरेक वर्ष नियमित खबर जस्तै हुन् । उल्लेखनीय के छ भने जनकपुरधाम् र वीरगन्जमा एसियाली विकास बैँकको अर्बौँको लगानीमा नाला निर्माण भएको छ । तर जब वर्षामा नगरवासीको घरमा पानी पस्छ र बाटा घाटाहरु पोखरीमा परिणत हुन्छ, अनियी योजनाहरुको अदूरदर्शिता र भ्रष्टाचारले चिढाए जस्तो लाग्छ । यसरी नै तीन दिन पहिले कमलानदीमा करोडौँको लगानीमा कयौँ वर्ष देखी निर्माण भइरहेको र करीब करीब पूर्ण भइसकेको पूलको,उद्घाटन हुनु भन्दा पहिले नै पीलर भत्केर नदीमा खसेको छ । धन्नपहिले नै भयो, कदाचित गाडी आवतजावत भैरहेको बेलामा भत्केको भए, यो भयावहमानवीय दुर्घटनाको कारण बन्न सक्थ्यो ।

तर के हाम्रा राज्य सञ्चालक र जनप्रतिनिधिहरुलाई मानवीय जीवनको चिन्ता छ ? छैन । भएको भए उनिहरुले मानवीय सरोकारका कामहरुमा लापर्वाही गर्दैनथ्ये । कम से कमती ठेकेदारहरुलाई किनारा लगाउने थिए, जो गुणस्तरहीन काम गर्नका लागी कुख्यात छन् र यस भन्दा पहिले पनि मानवीय दुर्घटनाका कारण बनेका छन् । पप्पु कन्स्ट्रक्सन यस्तै एउटा निर्माण कम्पनी हो । पप्पू कन्सट्रक्सन राज्यको पैसा होल्ड गरेर वर्षौँसम्म निर्माण काममा ढिलाई गर्नमा बदनाम निर्माण कम्पनी हो । केही वर्ष पहिले उसको यसै रवैयाका कारण समयमा पूल नबनेर लाल बकैयामा डुङ्गामा लालबकेया नदी तरीरहेको बेला डुङ्गा पल्टेर एक दर्जन भन्दा बढी मानिसको ज्यान गएको थियो । यस प्रकरणमा त्यस निर्माण कम्पनीका सञ्चालक हरिप्रसाद रौनियार सांसद पदबाट अहिलेसम्म निलम्बित छन् । तर उनी निलम्बित भएपनि उनको धन्दाजोडसोर संग चलि रहेको छ । कमलानदीको पूलमा उनको कारदानी एकपटक फेरी उजागर भएको छ । वस्तुतः कमलानदीको पूलले नेपाली राजनीतिक व्यवस्थाको जरोमा बसेको भ्रष्टचार र भ्रष्टाचारी जमातको कुरुपचित्र प्रस्तुत गरेको छ । हुन त यो कुनै गोप्य वा पहिलो पटक र कमलामा माात्रै देखिएको कुरुप चित्र होइन । देशको सम्पत्ति लूटेर खाने पप्पू कन्स्ट्रक्सन एकमात्र भ्रष्ट निर्माण कम्पनी हो, भन्नेपनि होइन । अरु पनि छन् र प्रायः सबैको चरित्र यस्तै छ । एउटा तथ्याङक अनुसार देशमा सत्ताइस– अठाइसवटा निर्माण कम्पनीहरुले देशका सबै विकास निर्माण कामहरुमा वर्चस्व जमाएर बसेका छन् । यसको अन्तरकथा के हो भने यीनिर्माण कम्पनीका सञ्चालकहरु देशका राजनीतिक पार्टीहरुका अप्रत्यक्ष चन्दा दाताहरु हुन् र यसैको बलमा उनिहरुले ठेक्का पाउने गर्छन् ।

स्वाभाविक छ, जब बैध–अवैध चन्दाको गुण तिर्नलाई राजनीतिले ठेक्का बाँडने गर्छ,त्यसमा गुणस्तरियता खोज्नु मूर्खता हुनेछ । र यसैको शिकार आमजनता हुने गर्छन् । तात्पर्य के हो आमजनसमुदायले भोग्ने वर्षा ती दुःखको कारण नत बर्षा हो, न त प्रकृत्ति । यस दुःखको कारण हाम्रो राजनीतिकतन्त्र हो, जस्को जरोमा भ्रष्टाचार स्वाभाविक रुपमा बसेको छ । तर यो दुःख पनि गरीबकै निम्ती हो । महल र ठुल्ठुला भवन डुब्दैन, झुप्रा डुब्छ । अर्को यथार्थ के हो भने गरीबहरुले नमेटिने भाग्य जस्तै यस भ्रष्टतन्त्रलाई स्वीकार गरिरहेको देखिन्छ । जनताको अवस्था कति सम्मनिरीह छ भने उसका आफ्नै मान्छे पनि कदाचित जनप्रतिनिधि भयोभने उसले पनि लुट्न थाल्छ । कदाचित कसैले यस भ्रष्टतन्त्र विरुद्ध आवाज उठायो भने, उसको बोलीदबाउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिन्छ । फकाइन्छ, फुल्याइन्छ, र मानेनभने दमनगरिन्छ । यो कथा निकटबाट बुझ्न भने वर्षायाममा गरीब बस्तीमा जानु पर्छ । शहर होस वागाउँ, गरीबहरुको निम्ती वर्षाको दुःख समान छन्, अन्य दुःखमा समानता जस्तै । यद्यपि गरीब मात्रै होइन, कमवा बेसी, भ्रष्ट तन्त्रको दुःख निम्न मध्यम र मध्यवर्गले पनि भोगेका छन् । यस संगै अर्को यथार्थ के हो भने गरीबहरु सामाजिक मात्रै होइन, राजनीतिक रुपमा सचेत भएनन् भने उनको दुःखको समाधान पनि छैन । उनको निम्ती कोही आउँदैन भने उनिहरुले आफै आफ्नो दुःखको समाधा नगर्न अग्रसर हुन सक्नु पर्छ । चुनौती त धेरै छन्, तर अर्को विकल्प छैन । वर्षा त रोक्न सकिँदैन, चाह्यो भने वर्षाको दुःख समाधान भने गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News