अपडेट 
२०७८ असार २२, मंगलवार ०८:००

जनकपुरधाम । धनुषामा कोभिड– १९ विरुद्धको दोश्रो डोजको खोप मंगलबार(आज) देखि दिने भएको छ ।

भेरोसेल खोपको दोश्रो डोज दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत राजदेव यादवले जनाए । यादवका अनुसार दोश्रो डोज लिनको लागि धनुषा जिल्लाको विभिन्न १ सय ४३ स्थानमा खोपकेन्द्र स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको प्रत्येक वडामा खोप केन्द्र तोकिएको छ भने पालिकाहरुको स्वास्थ्य केन्द्रमा खोप दिने तयारी पूरा गरिएको उनले बताए । गएको जेठ २७ र २८ गते धनुषामा संचालित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अन्तर्गत पहिलो डोज लिइसकेका नागरिकले दोश्रो डोज लिने भएका छन् । सरकारले भेरोसेल खोप लिनेमा ५५ वर्षदेखि ६० वर्ष उमेर समूहलाई प्राथमिकतामा राखेको छ । धनुषामा पहिलो डोज लिइसकेका १३ हजार ३ सय १६ जनालाई दोश्रो डोज दिन लागेको हो ।

Comment


Related News

Latest News

Trending News