अपडेट 
२०७८ असार २२, मंगलवार ०८:०३

जनकपुरधाम ।प्रदेश २ सरकारले सवारी साधनको लाग्ने शुल्क, दस्तुरमा असार मसान्त सम्म जरिवाना नलिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमवार बसेको बैठकले असार मसान्त सम्म शुल्क, दस्तुर बुझाउने सवारी साधनमा लाग्ने जरिवाना छुट दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनाए । यातायात मन्त्री समेत रहेका यादवले कोरोना भाइरसको संक्रमण बढेको बेला लागु गरिएको निषेधाज्ञाको कारणबाट शुल्क, दस्तुर बुझाउन नसकेका सवारी साधन धनीहरुले असार मसान्त भित्र बुझाए जरिवाना नलाग्ने बताए । ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको अवस्थामा सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेको थियो’ उनले भने, त्यसकारण शुल्क, दस्तुर बुझाउन नसकेकाहरुलाई जरिवाना छुट दिएको हो ।

Comment


Related News

Latest News

Trending News