अपडेट 
२०७८ असार २२, मंगलवार १६:५९

नेपालमा मंगलबार थप २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय १८ र ५ हजार ८२ एन्टीजेन परिक्षणका क्रममा थप ९१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ५ सय ६५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १२ हजार ९९४ संक्रमित निको भएका छन् । हाल नेपालमा २५ हजार ८२८ सक्रिय संक्रमित आइशोलेशनमा र ३३० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ८३ हजार ५४४ वटा पिसिआर र २ लाख १३ हजार ३५८ वटा एन्टीजेन परिक्षण गरिएको मनत्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News