२०७८ असार २४, बिहीबार ०७:३१

जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नं. ९ भटियन बस्ने २० वर्षीय हर्ष कुमार साह र सोही मोसा पछाडि सवार १९ वर्षीय रोहित कुमार साह रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ पौडेश्वर तर्फबाट मोटरसाईकलमा दुई जना जनकपुरतर्फ गईरहेको छ भन्ने सुचनाको आधारमा चेकजाँच गर्दा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएका सादा पोशाकको टोलीले जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोक नजिकै हुलाकी सडकखण्डस्थित चेकजाँच गर्दा उनीहरु पक्राउ परेको हो । सवारी साधनहरूलाई चेक जाँच गर्ने क्रममा पुर्व पौडेश्वर तर्फबाट आउदै गरेको बा. ९३ प. ५१८७ नं. को मोटरसाईकल शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको झोलामा NITRAVET ट्यावलेट १० पता (३०० पिस) र Rexcof DXNF Cough syrup (100 ml) बोतल बरामद गरेको हो । मोटरसाईकल र समान सहित उनीहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

Comment


Related News

Latest News

Trending News