अपडेट 
२०७८ असार २४, बिहीबार ०७:३७

जनकपुरधाम । विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले बुधबार मार्भल्स अभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जनकपुरसहित देशभर सार्वजनिक गरेको छ ।

जनकपुरको भ्रमरपुराचोकस्थित टिभिएस शोरुममा बुधबार एक कार्यक्रमका बीच टिभीएस एनटर्क १२५ सुपरस्क्वाड सार्वजनिक गरिएको हो । शोरुमका संचालक श्रीराम बालक महतो, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, जगदम्बा मोटर्सका रिजिनल सर्भिस मैनेजर केशव झा, रिजिनल सेल्स अफिसर राहुल चौधरी लगायतले संयुक्त रुपमा स्कुटी सार्वजनिक गरेका थिए । सार्वजनिक गरेको पहिलो दिन नै पाँच वटा स्कुट विक्रि भएको जनकपुरस्थित टिभिएस शोरुमका मैनेजर सुरेश महतोले बताए । यस्तै, कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंगइन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।

उक्त अवसरमा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, टिभीएस एनटर्क १२५ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंगप्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीलरहामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं।टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ । जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै भने, हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं ।

Comment


Related News

Latest News

Trending News