अपडेट 
२०७८ असार २४, बिहीबार ०८:०३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः मन्त्रिमण्डल विस्तार गरेका छन्

मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तार गरिएको मन्त्रिमण्डलमा १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्री रहेका छन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथसँगै पुराना ७ मन्त्रीहरुको बढुवा भएका छन् । प्रधानमन्त्री मोदीले १२ जना मन्त्रीलाई भने बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।

कसले के जिम्मेवारी पाए ?

नरेन्द्र मोदी– प्रधानमन्त्री, कर्मचारी, पेन्सन, परमाणु ऊर्जा, अन्तरिक्ष

राजनाथ सिंह– रक्षा

अमित शाह– गृह र सहकारी

नितिन गडकरी – परिवहन र राजमार्ग

निर्मला सीतारमण– वित्त

नरेन्द्र सिंह तमोर– कृषि

एस जयशंकर–विदेश

अर्जुन मुंडा– आदिवासी मामला

स्मृति इरानी– महिला एवम् बाल कल्याण

पियुष गोयल– उद्योग वाणिज्य र उपभोक्ता मामला

धर्मेन्द्र प्रधान– शिक्ष, उद्यम र कौशल विकास

प्रल्हाद जोशी– संसदीय मामला, कोइला र खानी

नारायण राणे– लघु, मध्यम र सुक्ष्म उद्योग

सर्वानन्द सोनोवाल– जलमार्ग

मुख्तार अब्बास नकवी– अल्पसंख्यक मामला

वीरेन्द्र कुमार– सामाजिक न्याय

गिरिराज सिंह– ग्रामीण विकास

ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन

आरसीपी सिंह– इस्पात

आश्विनी वैष्णव– रेलवे, सञ्चार र सूचना

पशुपति कुमार पारस– खाद्य प्रसंस्करण

गजेन्द्र सिंह शेखावत– जलशक्ति

किरेन रिजिजु– कानुन तथा न्याय

आरके सिंह– ऊर्जा

हरदीप सिंह पुरी – पेट्रोलियम, ग्यास, आवास एवम् शहरी विकास

मनसुख मांडविया– स्वास्थ्य एवम् परिवार कल्याण, रसायन एवम् उर्वरक

भुपेन्द्र यादव– पर्यावरण एवम् वन, जलवायु परिवर्तन, श्रम एवम् रोजगार

महेन्द्रनाथ पांडे– भारी उद्योग

पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन र दुग्ध उत्पादन

जी किशन रेड्डी– पर्यटन एवम् संस्कृति

अनुराग ठाकुर– सूचना प्रसारण, खेल र युवा मामला

Comment


Related News

Latest News

Trending News