अपडेट 
२०७८ असार २५, शुक्रबार १८:४२

नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै वीरगञ्जमा आधारित भएर हुने आयात/ निर्यात व्यापार देशको अन्य सीमावर्ती सहरमा पुग्ने भएको छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संशाेधन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । संशोधनमा नेपालले तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ । यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगञ्ज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सीमावर्ती सहरमा पनि आयात/निर्यात व्यापारमा सहज हुन सक्ने सुविधा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो ।

संशाेधन भएको सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गर्न/गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो । त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्ने गरी सम्झौता संशोधन भएको छ ।

अहिले वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगञ्ज, दोधारा, चाँदनीलगायतका ठाउँमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाकाे सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ ।

Comment


Related News

Latest News

Trending News