अपडेट 
२०७८ असार २६, शनिबार १७:०६

नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ८१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ४ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १८ हजार ३६१ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ४८९ जना सक्रिय संक्रमित आइशोलेशन र ३०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ९ हजार ९ सय ४० पिसिआर परिक्षण र २ लाख ३१ हजार ९४ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News