२०७८ असार २७, आईतवार ०८:०४

मलगंवा । सर्लाहीको कौडेना गाउँपालिका वडा न–७ शिवनगर स्थित मदरसा इस्लामिक प्राथमिक विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको विरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र शिक्षा शाखा प्रमुखलाई प्रभावमा पारेर प्रक्रिया समेत पुरा नगरेर विद्यालय व्यवस्थापन समिति गठन गरिएको पुर्वअध्यक्ष शेष गनी अहमदले आरोप लगाए । मदरसाको ब्यवस्थापन समिति गठन गरी रकम हिनामिना गरेको आरोप लगाउँदै उनीहरु उपर कारवाहीको माग समेत गरिएको छ । पुर्व अध्यक्ष अहमदले आफ्नो तीनवर्षे कार्यकाल समाप्त भएपछि गापा अध्यक्ष राम प्रसाद राय यादव, प्रमुख प्रशासकीय अधिकृत सुरेश साह, वडा न–७ का वडाध्यक्ष विजय प्रसाद यादव र शिक्षा शाखा प्रमुख राज किशोर यादवले मदरसा इस्लामीक प्राथमिक विद्यालय व्यवस्थापन समितिमा नयाँ पदाधिकारी चयन गर्न कुनैपनि सूचना नदिई गोप्य रुपले गठन गरेको आरोप लगाएको छ । गैरकानूनी तरिकाबाट विद्यालय व्यवस्थापन समिति गठन गरी उक्त मदरसाको नाउँमा नेपाल बैंक लिमिटेडको मलंगवा शाखामा चल्ती खाता समेत रहेकोले उनीहरू मिलेर बिना सूचना जानकारीको आधारमा नयाँ व्यवस्थापन समिति गठन गरेको आरोप लगाएको छ ।

पारदर्शी रुपमा व्यवस्थापन समिति गठन गरिनुपर्ने आफुहरुको माग रहेकोले नवगठित समितिलाई समितिलाई बदर गरी पुनः पारदर्शी तरिकाले समिति गठन गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिइसकेको पुर्व अध्यक्ष अहमदले बताए । गठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो मदरसामा तालाबन्दी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News