अपडेट 
२०७८ असार २७, आईतवार ०८:०८

जनकपुरधाम स्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालले सम्मान गरेको छ । कोभिड–१९ दोस्रो चरणको उपचार तथा नियन्त्रणमा संलग्नहरुलाई शनिवार एक कार्यक्रमका विच अस्पतालले सम्मान गरेको छ ।

समाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा अस्पतालका कार्यालय सहयोगी देखि लिएर चिकित्सक सम्म, एम्वुलेन्स चालक, ग्यास विक्रेता, जनकपुरधाम उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ । प्रमुख अतिथिको आसनवाट बोल्दै समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ को पहिलो र दोस्रो लहरमा सम्मानित व्यक्ति र सम्मान नपाएका धेरैले पनि धेरै मिहिनत र लगनशिलताका साथ एकले अर्कालाई सहयोग गरेको र तेस्रो लहर थप खतरनाक रहेका कारण सवैलाई सचेत हुन आग्रह गरेका थिए । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवले सम्मान पाउने व्यक्तिहरुले कोभिड–१९ को तेस्रो लहरमा थप जिम्मेवारी पाएको र अगामी दिनमा थप सम्वेदनशील भई कार्य गर्न आग्रह गरेका थिए । उनले ती व्यक्तिहरु जसले कोभिडको बेला आफ्नो घर परिवारको चिन्ता नगरि अहोरात्र डिउटीमा आए त्यो जिम्मेवारी यस सम्मानले पुरा गर्न नसक्ने बताएका थिए । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका परिवारहरुका सदस्यहरुलाई अहिले सम्म निःशुल्क उपचार गर्दै आई रहेको जानकारी गराउँदै अगामी दिनमा पनि निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News